एनआईसी एसिया बैंकले सुरु गर्यो आइटच मार्फत एनसीएचएल आइपीएस सेवा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 05, 2016 | 05:58:22 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंकले इन्टरनेट बैंकिङ्ग आइटच मार्फत एनसीएचएल आइपीएसको सेवासमेत प्रदान गरि सेवा विस्तार गरेको छ ।

यस सेवामार्फत ग्राहकहरुले आफ्नो एनआईसी एशिया बैंकमा रहेको खाताबाट नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमा आवद्ध कुनै पनि बैंक वित्तीय संस्थाहरुमा रहेको खातामा सजिलै रकमान्तर गर्न सक्ने छन् । 

एनसीएचएल आइपीएसको सेवा आफ्नो इन्टरनेट बैकिङ च्यानलबाट प्रदान गर्ने एनआईसी एशिया बैंक नेपालकै पहिलो बैंक' हुन गएको छ ।ग्राहकहरुले बैंक धाईराख्नु नपर्ने र सजिलै आफु रहेको स्थानबाट इन्टरनेट मार्फत उक्त सेवा प्राप्त गर्न सक्नेछन् । 

विद्युतीय माध्यमबाट हुने उक्त प्रकृयाले ग्राहकहरुको समयको वचत गर्नुको साथै यससँग सम्बन्धित अन्य खर्चसमेत कम हुने हुदाँ, यसको प्रयोगले ग्राहक निकै लाभान्वित हुने विश्वास बैंक एवं एनसीएचएलले लिएको छ । उक्त सेवालाई अरु विस्तार गर्दै लाने र आउँदो दिनमा अन्य बैंक वित्तीयसंस्थाहरु मार्फत पनि यस्तो सेवा प्रदान गर्ने बताएको छ ।

ग्राहकले एक पटकमा २५ हजार रुपैयाँ र एक दिनमा १ लाख रुपैयाँसम्म यस प्रणाली मार्फत पठाउन सक्ने छन्। नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमा आवद्ध कुनै पनि बैंक वित्तीय संस्थाहरुमा रहेको खातामा रकमान्तर गर्दा प्रति कारोबार ३० रुपैयाँ शुल्क लाग्ने छ। यद्दपी यो शुल्क रकमान्तर गरिने बैंकमा निर्भर रहने भएकाले शुल्क समयानुकूल परिवर्तन हुन सक्ने छ।   

नेपाल क्लियरिङ्ग हाउसले २०७३ भदौ १ देखि संचालनमा ल्याएको अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीमा हालसम्म ७१ सदस्य संस्थाहरु मार्फत हाल दैनिक औसतमा १ अर्ब बरावरको २,५०० कारोबार हुँदै आएको छ ।

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved