क्लियरिङ्ग हाउस र यती डेभलपमेन्टबीच एनसीएच प्रणाली सम्बन्धि सम्झौता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 05, 2016 | 06:22:55 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल क्लियरिङ्ग हाउस र यति डेभलपमेन्ट बैंकबीच न्तर बैंक विद्युतीय भुक्तानी प्रणालीबारे सम्झौता भएको छ। सम्झौतामा यति डेभलपमेन्ट बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत  सागर शर्मा र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरे।   

सम्झौता अनुसार यति डेभलपमेन्ट बैंकलाई क्लियारिंग हाउसले अन्तर बैंक विद्युतीय भुक्तानी सेवा संचालनको लागि एनसीएचएल आइपीएस  प्रणाली उपलब्ध गराउने छ । उक्त प्रणाली मार्फत कम्पनीसंग आवद्ध सदस्य बैंक तथा वित्तीय संस्थाहरुमा रहेका ग्राहकहरुको कुनै पनि खातामा भुक्तानी दिने र लिने जस्ता कारोबारहरु पूर्णतया रुपमा संचालन गर्न सक्ने कम्पनीले जनाएको छ ।  

कम्पनीमा आबद्द सदस्य बैंक तथा वित्तीय संस्थामा रहेका ग्राहकहरुले रकम स्थानान्तरण, डिभिडेन्ट पेमेन्ट, आइपीओ रिफन्ड, बिल भुक्तानी, प्रीमियम भुक्तानी, सामाजिक सुरक्षाभत्ता, पेन्सन/तलब भुक्तानी, रेमिटेन्स लगायतका कुनै पनि प्रकारका भुक्तानी दिने तथा लिने सेवा यस प्रणालीबाट गर्न सक्नेछन् । 

अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीका लागि कम्पनीले ६६ बैंक तथा वित्तीय संस्थाहरुसँग डिरेक्ट मेम्बरको रुपमा र ३ रेमिट कम्पनीहरु र १ मर्चेन्ट बैकिङ्ग कम्पनीसँग इन्डारेक्ट मेम्बरको रुपमा सम्झौता गरिसकेको छ ।  

यति डेभलपमेन्टसंगको सम्झौतापछि नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको अन्तर बैंक विद्युतीय भुक्तानी अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीमा ७१ सदस्यहरु आवद्ध भएका छन् । हाल उक्त प्रणाली मार्फत दैनिक औसतमा १ अर्ब बरावरको २,५०० कारोबार हुदै आएको छ ।

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले हाल संचालन गदैं आएकको एनसीएचएल इसीसी सेवामार्फत आफ्ना १०९ सदस्य बैंक तथा वित्तीय संस्थाहरुका २,८०६ शाखाहरुबाट खिचिएका चेकहरु राफसाफ गराउदै आएको छ। भदौ १, २०७३ देखि ५८ सदस्य बैंक तथा वित्तीय संस्थाहरुबाट अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली सेवाको संचालन शुरु गरेको छ ।


 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved