तीन हजारमा दिनभर र्‍याफ्टिङ

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 06, 2016 | 09:32:04 PM मा प्रकाशित

laxmi  sunrise bank

हिउँदको याम सुरु भएसँगै यस वर्ष तमोर नदीमा  जलयात्रा र्‍याफ्टिङ   सुरु भएको छ ।  सेतु एड्भेन्चर प्रालिले आयोजना गरेको जलयात्रा सहभागि १६ जनाले शनिबार मूलघाटस्थित् तमोर नदीको पुलदेखि सुनसरीको चतराघाटसम्मको ३४ किलोमिटर यात्रा ६ घन्टामा पूरा गरेका छन् । प्रति व्यक्ति रु तीन हजारमा एक दिनको जलयात्रा गर्न सकिने सञ्चालक जीवन सिलवालले बताए । 
 
यस वर्ष रु २० लाख लगानी गरी सुरु भएको तमोर नदीमा हुने जलयात्रा मुलुकभरका अन्य नदीमा भन्दा छोटो र रमाइलो हुने सिलवालको भनाइ छ । जलयात्रामा एक पटकमा प्रति डुङ्गा सात जनासम्म यात्रा गर्न सकिन्छ । जोखिम र मनोरञ्जन उत्तिकै भएको तमोर नदीमा करिब एक सयभन्दा बढी छहरा रहेको बताइन्छ । 
 
‘तमोर रिभर एन्ड एडभान्चर’ले नौ वर्षदेखि तमोरमा जलयात्रा गराउँदै आएको सञ्चालक मदन ढकालले बताए। उत्तल अवधिमा जलयात्राबाट विदेशी र स्वदेशी गरी करिब ८०० जनाले मनोरञ्जन लिएका थिए । बर्सेनि मङ्सिरदेखि सुरु भएर वैशाख महिनासम्म सञ्चालन हुने जलयात्रा जिल्लाको मूलघाटदेखि सुरु हुने गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved