सोमबार सुनको मूल्य स्थिर, हेर्नुस कतिमा हुदैछ कारोबार 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 12, 2016 | 11:02:02 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको दोस्रो दिन सोमबार सुनको मूल्य स्थिर छ भने चाँदीको मूल्य बढेको छ। आइतबारप्रति तोला ५२ हजार ६ सयमा कारोबार भएको छापावाल सुन आज पनि सोहि मुल्यमा कारोबार भई रहेको छ  । यो मूल्य यो बर्षकै सबैभन्दा सस्तो हो । त्यस्तै तेजाबी सुन प्रति तोला ५२ हजार ३ सय ५० मा कारोबार भई रहेको छ । चाँदी तोलामा ५ रुपियाँले बढेर प्रति तोला ७ सय ९० मा कारोबार भई रहेको छ ।

नेपाल सुनचाँदी ब्यबसायी महासंघले सोमबारको कारोबारमा प्रति १० ग्राम तेजाबी सुनको मूल्य ४५ हजार ९५ रुपियाँ तोकेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ४४ हजार ८ सय ८० तोकेको छ । चाँदी प्रति १० ग्राम ६ सय ७७ रुपियाँ ५० पैसामा कारोबार भई रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved