दैनिक ६० चालक अनुमतिपत्रलाई नेपालीकरण

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 12, 2016 | 08:12:55 PM मा प्रकाशित

laxmi  sunrise bank

यातायात व्यवस्था विभाग, वाग्मती अञ्चल कार्यलयले विदेशमा बनेका दैनिक झन्डै ६० चालक अनुमतिपत्रलाई नेपालीकरण गरिरहेको छ ।  कार्यलयले अनुमतिपत्र अर्थात् ‘स्मार्ट कार्ड’ दिन थालेसँगै अरु मुलुकमा बनेका चालक अनुमतिपत्र नेपालीकरण गर्न थालिएको कार्यालयका प्रमुख तेजनारायण यादवले बताए।
 
उनले भने , “हस्तलिखित कार्ड भने दूतावासले प्रमाणीकरण गरेपछि मात्रै हामी काम गर्न सक्छौँ ।” विदेशमा बनेका स्मार्ट कार्ड दूतावासबाट सिफारिस गरे पुग्छ भने हस्तलिखित कार्ड प्रमाणीकरण गर्नुपर्छ । 
 
विदेशमा बसोवास गरेर आएका नेपालीसँगै नेपालमा बसोबास गरिरहेका विदेशीलाई स्मार्ट कार्ड नेपालीकरण हुने भएपछि सहज भएको छ । विदेशमा चालक अनुमतिपत्र बनाएका नेपालीले बसोबासको कारण निवेदनमा खुलाउनुपर्छ । उनी भन्छन, “यी–यी देशमा बनेका स्मार्ट कार्डलाई नेपालीकरण गर्ने भनेर सरकारले निर्णय गरेमा सेवाग्राहीले दूतावास समेत जानुपर्ने थिएन ।” 

कार्यालयले गत चैतदेखि चालक स्मार्ट कार्ड दिन थालेको हो । नयाँ र नवीकरण भएका कार्ड दुवै स्मार्ट कार्ड नै वितरण भइरहेको छ । सात महिनामा कार्यालयले एक लाखभन्दा बढी स्मार्ट कार्ड वितरण गरिसकेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved