लोडसेडिङ अन्त्य गर्ने अभियानमा अर्थको साथ, प्राधिकरणलाई सवा ५ अर्ब दिने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 12, 2016 | 10:54:27 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्रालयले लोडसेडिङ मुक्त गर्ने अभियानमा सघाउन उर्जा मन्त्रालय मार्फत नेपाल बिद्युत प्राधिकरणलाई ऋण दिने भएको छ। विभिन्न उपकरण खरिदका लागि अर्थले प्राधिकरणलाई ५ अर्ब ३७ करोड रुपैयाँ ऋण दिने प्रतिबद्दता जनाएको हो। 

उर्जामन्त्री जनार्दन शर्मा र नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङको प्रयासमा लोडसेडिङ अन्त्य गर्ने अभियानमा अर्थको यो सहयोगले ठुलो टेवा पुग्ने अपेक्षा गरिएको छ। 

बिद्युत चुहावट कम गर्न मिटर वितरण गर्न, पुराना ट्रान्सफर मर्मत गर्न तथा नयाँ खरिद गर्न प्राधिकरणले अर्थसंग रकम निकासा गरिदिन माग गरेको थियो। आवश्यक उपकरण खरिद प्रक्रिया अघि बढेसंगै रकम निकासा प्रक्रिया अघि बढ्ने जनाइएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved