तमोर र अरुण लगायतका आयोजनामा सर्वसाधारणले पनि सेयर हाल्न पाउने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 13, 2016 | 05:19:01 PM मा प्रकाशित

laxmi  sunrise bank

ऊर्जामन्त्री जनार्दन शर्माले विद्युत् उत्पादनको बढोत्तरीका लागि ठूला जलाशययुक्त आयोजनाको निर्माण कार्यलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् मोरङ व्यापार सङ्घ र मोरङ उद्योग सङ्गठनद्वारा आज विराटनगरमा आयोजित अन्तक्र्रिया कार्यक्रममा मन्त्री शर्माले अगामी पाँच वर्षभित्रै मुलुकले विद्युत् निर्यात गर्न सक्ने बताए ।

उनले ठूला जलविद्युत् आयोजनामा लगानी गर्नका लागि उत्साहित हुनुपर्नेमा जोड दिँदै तमोर र अरुण लगायतका आयोजनामा सर्वसाधारणका लागि सेयर निष्काशन गर्न मन्त्रालयले योजना बनाइरहेको बताए ।

‘नेपालको पानीमा जनताको लगानी’ नाराका साथ ठूला जलाशययुक्त आयोजना निर्माण गर्ने विषयमा जानकारी गराउँदै उनले कर्णाली–चिसापानी आयोजना सुरु गर्ने सोचाइरहेको बताए । ‘अध्यारोको विरुद्ध उज्यालोको लडाइ’ उद्देश्यका साथ काम सुरु गरिएको मन्त्री शर्माको भनाइ थियो ।


तमोर र अरुण लगायतका आयोजनामा सर्वसाधारणका लागि सेयर निष्काशन गर्ने सरककारको तयारी 

ऊर्जामन्त्री जनार्दन शर्माले मुलुकलाई अध्यारोमुक्त बनाउने अभियानमा बाध गर्ने जोसुकैलाई नछाड्ने बताएका छन् । प्रेस सेन्टर मोरङले मंगलबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले मुलुक विद्युत्भारमुक्त भए स्वदेशमै थप उद्योगधन्दा खुल्ने, स्वरोजगारको सिर्जना हुने, युवाले विदेश जानु नपर्ने बताए । “म देशलाई अध्यारोमुक्त बनाउने अभियानमा लागेको छु अध्यारो बनाउनेलाई छोड्दिन,” उनले भने ।

मन्त्री शर्माले विद्युत् चोरी नियन्त्रणमा आफू पूर्णरुपले लागिपरेको बताए । विद्युत् चोरी गर्ने जो कोहीलाई पनि कारबाही गरिने उनको भनाइ थियो । पूर्वाञ्चलको विद्युतीय क्षेत्रको अनुगमनको क्रममा विराटनगर आइपुगेएका मन्त्री शर्माले थप विद्युत् उत्पादन गर्ने योजना अनुरुप सरकारले काम गरिरहेको बताए ।

“नेपाललाई थप १० हजार मेगावट विद्युत् आवश्यक पर्छ,” उनले भने । सुकुम्वासीका लागि रु एक हजार प्राधिकरणमा धरौटी राखेर मिटर लिनसक्ने व्यवस्था गरेको उनले बताए । यसअघि मिटर लिन सुकुम्वासीले रु दश हजार धरौटी राखेर मिटर लिने गरेका थिए ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved