ठुलो दुर्घटनाबाट जोगियो निगमको जहाज ,उडेको डेढ घण्टापछि काठमान्डौ मै आकष्मिक अवतरण

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 13, 2016 | 10:26:36 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वायु सेवा निगमको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन अवतरण गरेको छ। एक हाइड्रोलिक सिस्टम विफलता भोगे पछि निगमको जहाज उडेको डेढ घण्टापछि काठमान्डौ मै आपतकालिन अवतरण गरेको हो। 

फाइल फोटो

आज मंगलबार दिउँसो १५६ जना यात्रु र आठ चालक सदस्य सवार निगमको बोइंग ७५७ भारतको बंगलोर जाने क्रममा जहाजमा अचानक समस्या आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन अवतरण गरेको स्रोतले जनाएको छ। 

टेक्निकल समस्या उत्पन्न भएपछि वरिष्ठ कप्तान ओब गुरुङल दिउँसो ५ बजेर ४५ मिनेट जाँदा काठमान्डौमा सफल आकस्मिक अवतरण गरि निगमको जहाजलाई ठुलो दुर्घटना हुनबाट जोगाएका छन। 

काठमाडौँबाट दिउँसो २ बजेर ३० मिनेटमा उडान भरेको निगमको सो जहाजमा समस्या आएपछि आकाशमा झन्डा डेढ घण्टा रोकिएपछी फिर्ता भई त्रिभुवन विमानस्थलमा नै सफल अवतरण गरेको जनाइएको छ। काठमान्डौदेखि बंगलोरसम्मको दुरी २ घण्टा ५० मिनेटको रहेको छ। 

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved