झापाको दमकमा जनता बैंकको ३८ औ शाखा संचालनमा 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 14, 2016 | 05:48:28 PM मा प्रकाशित

laxmi  sunrise bank

जनता बैंक नेपाल लिमिटेडले झापाको दमकमा नयाँ शाखा संचालनमा ल्याएको छ। बैंकका संचालक केशवबहादुर रायमाझीले  बुधबार एक समारोहकाबीच सो शाखाको उद्घाटन गरेका हुन।

दमकमा नयाँ शाखा कार्यालय संचालनमा आएसंगै बैंकको खुल् शाखा संख्या ३८ पुगेको छ। बैंकले नेपाल भर रहेका ३८ शाखा, ३० वटा ए.टि.एम, १५ वटा शाखारहित बैंकिङ इकाइ मार्फत आफ्ना ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ। 

त्रिबेणी विकास बैंकसंग मर्जर प्रक्रियामा रहेको जनता बैंकले चालु आर्थिक बर्षको पहिलो तीन महिनामा खुद मुनाफा २० प्रतिशतले बढाएर ६ करोड पुर्याएको छ। 


 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved