८ महिना भित्रै कुलेखानी तेस्रो जलविद्युत आयोजना निर्माण सम्पन्न गर्न निर्देशन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 17, 2016 | 03:05:19 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कुलेखानी तेस्रो जलविद्युत आयोजनाको निर्माणस्थल अवलोकन गरेका छन। सो क्रममा उनले आगामी साउन १५ भित्रै आयोजनाको निर्माण कार्य सम्पन्न गरिसक्न निर्देशन समेत दिएका छन्।

शनिवार बिहान कुलेखानी तेस्रोको पावर हाउस, टनेल, निर्माण स्थलको अवलोकनपछि प्रधानमन्त्रीले आफू प्रधानमन्त्री भएपछि राष्ट्रिय आयोजना सहित महत्वपूर्ण परियोजनाहरु आफैले स्थलगत निरिक्षण र अनुगमन गरिरहेको बताउँदै अब आयोजनामा ढिलासुस्ती र अपारदर्शीता कुनै पनि हालतमा सैह्य नहुने स्पष्ट पारे।

जिल्लाका राजनीतिक दल, नागरिक समाज, सरकारी कार्यालयका प्रमुखहरु तथा आयोजनासँग सम्वन्धित कर्मचारीको उपस्थितिमा प्रधानमन्त्रीले कुलेखानी तेस्रोलाई निर्धारित समयभन्दा अगावै पूरा गर्न सरकारको तर्फवाट सबै किसिमको सहयोग र समन्वय रहने स्पष्ट पारे।

आव ०६३÷६४ मा निर्माण कार्य सुरु भएको उक्त परियोजना आगामी ०७४ साउनमा कार्य सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ । ४ अर्ब ६३ करोडको लागतमा निर्माण गरिने उक्त परियोजनावाट १४ मेगावाट बिद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ । हालसम्म ८६ प्रतिशत कार्यसम्पन्न भएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved