मर्जर तथा एक्वीजिसनले ५ दर्जन बढी बैंक तथा बित्तिय संस्थाको इजाजत खारेज

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 17, 2016 | 03:29:28 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक तथा वित्तीय संस्थाहरुको कार्यक्षमता बढाउन नेपाल राष्ट्र बैंकले लिएको मर्जर नीतिपश्चात कात्तिक अन्तिमसम्म ७९ बैंक तथा वित्तीय संस्थाको इजाजत खारेज भएको छ। 

बैंकलाई सबल बनाउन राष्ट्र बैंकले लिएको मर्जर तथा प्राप्ति नीतिपछि बाणिज्य बैंकको संख्या घट्ने अपेक्षा गरीएपनी तुलनात्मक रुपमा विकास बैंक र फाइनान्सको संख्या ठुलो मात्रामा घट्न पुगेका छन। यस अवधिमा १२० वित्तीय संस्था एक आपसमा मर्जर तथा प्राप्ति भई ४९ वटा वित्तीय संस्थामा सिमित भएका छन। 

२०७४ असार मसान्तसम्म राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी बढाउने दबाबका कारण यो संख्या अझै घट्न सक्ने छ। नेपाल राष्ट्र बैंकले निकालेको चार महिनासम्मको वित्तीय अवस्थाअनुसार यसमा घ वर्गका संस्थाहरु समेत समावेश गरिएको छ। 
 

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved