एक महिनामा सुन ४ हजारले सस्तियो, यि ३ कारण जसले सुनको मूल्य अझै घटाउदै छ

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 17, 2016 | 03:54:31 PM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकी चुनाबको नतिजा र भारतमा नोटबन्दीको पत्यक्ष प्रभाब नेपालको सुनचाँदी बजारमा देखिएको छ। एकमहिनाको अवधिमा सुन प्रति तोला ४ हजार र चांदी ३० रुपैयाँले सस्तो भएको छ। 

मङ्सिर २ मा प्रति तोला ५५ हजार ६ सय रुपैयाँमा कारोबार भएकोमा पुष १ सम्म आइपुग्दा ३ हजार ९ सयले सस्तो भई प्रति तोला ५१ हजार ७ सयमा कायम भएको छ। नेपाल सुनचाँदी व्यसायी महासंघका अध्यक्ष मोहनकुमार विश्वकर्माले बिबिध कारणले सुनको मूल्य घटेर ५० हजार हाराहारीमा आउन सक्ने बताएका छन। 

अमेरिकाको राष्ट्रपतिको पछिल्लो चुनाबमा डोनाल्ड ट्रंप बिजय भएसंगै डलर मजबुत हुन गएको छ। अमेरिकाको अर्थतन्त्र सुधार हुँदै गएपछि अन्तराष्ट्रिय लगानीकर्ताहरुको आकर्षण डलरमा बढ्नु र चीनले सुन आयातमा कटौती गर्नु र भारतमा नोटबन्दिको प्रभाब चरम सिमामा रहनु जस्ता कारणले सुनको मूल्य सस्तिदै गएको छ। त्यस्तै अमेरिकामा ब्याज दर बढाउने निर्णय भईसकेकाले समेत आगामी दिनको सुनको मूल्य घट्ने अनुमान गरिएको छ।  

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य संस्तिदा यसको प्रत्यक्ष लाभ भने नेपाली उपभोक्तालाई भएको छ। मङ्सिर बिहेको सिजन हुने र यसमा अन्य समयको तुलनामा सुनको माग बढी हुने हुँदा पनि नेपाली उपभोक्तालाई सस्तिएको सुनको मूल्यले लाभ भएको छ। 

यस साताको अन्तिम दिन शुक्रबार सुन प्रति तोला ५१ हजार ७  सयमा कारोबार भएको थियो भने तेजावी सुन प्रति तोला ५१ हजार ४  सय ५० रुपैयाँमा कारोबार भयो। त्यस्तै चांदी प्रति तोला ७ सय ६५  रुपैयाँमा कारोबार भयो। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved