ग्लोबल आइएमई बैंक ‘बेष्ट इन्टरनेट बैंक-नेपाल २०१६’ अवार्डबाट सम्मानित

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 17, 2016 | 09:12:15 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आएमई बैंक ‘बेष्ट इन्टरनेट बैंक-नेपाल २०१६’ अवार्डबाट सम्मानित भएको छ । गुणस्तरिय इन्टरनेट बैंकिङ्ग सेवा प्रदान गरेको आधारमा लण्डनबाट प्रकाशित हुने प्रसिद्ध म्याग्जिन इन्टरनेशनल फाइनान्स म्यागजिनले बैंकलाई यस अवार्डबाट सम्मान गरेको हो। 

सिंगापुरमा आयोजित एक कार्यक्रमबीच बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा बैंकका प्रमुख कार्यकारी अधिकृत निल ज्ञावलीले सो पुरस्कार ग्रहण गरे । 

नेपालमा पाली भाषा (देवनागिरी) मा इन्टरनेट बैंकिङ सेवा प्रदान गर्ने पहिलो बैंकको खिताब ग्लोबल आइएमई बैंकको नाममा रहेको छ।   

बैंकले आफ्ना ग्राहकहरु माझ सहज बैंकिङ्ग सेवा प्रदान गर्ने लक्ष्यले अत्याधुनिक प्रबिधियुक्त सुरक्षित ग्लोबल अनलाइन इन्टरनेट बैंकिङ्ग तथा ग्लोबल स्मार्ट मोबाइल बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । बैंकका ९१ शाखा र १ सय ३ एटिएम काउन्टर संचालनमा छन।     

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved