वर्ल्डलिंकले ल्यायो सस्तो दरमा अनलिमिटेड इन्टरनेट सेवा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 17, 2016 | 09:46:13 PM मा प्रकाशित

laxmi  sunrise bank

वर्ल्डलिंक कम्युनिकेशनले सस्तो दरमा २ एमबिपीएस गतिको इन्टरनेट उपलब्ध गराउने भएको छ। कम्पनी २ एमबीपिएस अनलिमिटेड प्लान ११५० रुपैयाँमा उपलब्ध गराउने जानकारी दिएको छ।

ग्राहकले १ बर्षको २ एमबीपिएस अनलिमिटेड प्लान खरिद गर्दा जडान खर्चमा छूटका साथै निःशुल्क फाइबर राउटर प्राप्त गर्ने समेत कम्पनीले जनाएको छ।

वल्र्ड लिंकले इन्टरनेट प्रोटोकल (आइपी) टिभी सेवामा समेत अफर ल्याएको जनाएको छ । इन्टरनेट प्रोटोकल (आइपी) टिभी इन्टरनेटको माध्यमबाट सबै प्रकारको टिभी हेर्न सकिने नयाँ प्रकारको सुविधा हो। यसका लागि वल्र्डलिंकले १ महिनाको आइपिटिभी सेवा खरिद गर्ने नयाँ ग्राहकहरुलाई थप दुई महिना निःशुल्क सेवा उपलब्ध गराउने जनाएको छ। 

यस अफर अन्तर्गत ग्राहकले १ महिनाको सेवा शुल्क तिरेर ३ महिना टिभी हेर्न पाउने छन्। यस सेवाका लागि ग्राहकले १ महिनाको ४ सय ५० रुपैयाँ शुल्क तिर्नु पर्ने छ। आइपिटिभी सेवा जडान गर्दा नयाँ ग्राहकले सेटअप बक्स र इन्स्टलेशन शुल्क भने तिर्नुपर्ने कम्पनीले जनाएको छ ।     


के हो आइपी टिभी ?
आइपी टिभी नेपालमा पछिल्लो पटक भित्रिएको टिभी हेर्ने नयाँ प्रविधि हो। यस प्रविधिबाट ग्राहकले इन्टरनेटको केबुलकै माध्यमबाट टिभी हेर्न पाउने छन्। यस प्रविधिबाट प्रसारण हुने टिभीमा ग्राहकले एक साता अगाडिको कार्यक्रम समेत हेर्न सक्ने सुविधा हुन्छ। आइपी टिभी प्रसारण गुणस्तरीय हुने कम्पनीले जनाएको छ।

वल्र्डलिंकले बिगत २१ वर्षदेखि इन्टरनेट र कर्पोरेट ग्राहकलाई डाटा सेवाप्रदान गर्दै आएको छ। वर्ल्ड लिंकले देशभरका ६० हजारभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved