मुक्तिनाथको लाभांश पारित, भरत ढकाल बने अध्यक्ष

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 16, 2019 | 04:34:19 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited  को लाभांश पारित भएको छ  ।  बैंकको सोमबार सम्पन्न १३ औ सधारणसभाले आर्थिक बर्ष ०७५/०७६ को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गरिने लाभांश पारित गरेको हो  । सभाले पारित गरेसंगै बैंकका लगानीकर्ताले  १७.६० बोनस सेयर र कर प्रयोजनको लागि ०.९३ प्रतिशत नगद गरि कुल १८.५३ प्रतिशत लाभाँस पाउने छन् ।  त्यस्तै सभाले आ.व. २०७५/०७६ को वार्षिक प्रतिवेदन र अन्य वित्तीय प्रतिवेदन पनि पारित गरेको छ । 

सभाले सर्बसम्मत रुपमा बैंकको नयाँ सञ्चालक समिति पनि चयन गरेको छ ।  नयाँ सञ्चालक समितिमा भरतराज ढकाल, गजेन्द्र मान श्रेष्ठ, रविन्द्र मान श्रेष्ठ, निर्मला कुमारी के.सी. काकी र शालिग्राम मिश्र चयन भएका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved