पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा भारी वृद्धि

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 18, 2016 | 09:24:48 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आज आइतबार पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो ।

जस अनुसार पेट्रोलको मूल्य ४ रुपैयाँ ५० पैसा बढेको छ । यस अघि ९७ रुपैयाँ पर्ने पेट्रोल अब १०१ रुपैयाँ ५० पैसा पर्ने  छ ।

त्यस्तै निगमले डिजल र मट्टीतेलको मूल्य पनि ४ रुपैयाँ ५० बढाएको छ । अब डिजेल र मट्टीतेलको मूल्य  ७७ रुपैयाँ ५० पैसा पुगेको छ । 

नयाँ मूल्य आइतबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।  

ग्यासको मूल्य भने पुरानै कायम छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved