वित्तीय क्षेत्रमा हुने अपराध रोक्न एनबिआई र सीआईबिबीच सम्झौता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 22, 2016 | 02:46:42 PM मा प्रकाशित

laxmi  sunrise bank

नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट, एनबिआई र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबिले हालै एउटा समझदारी पत्रमा हस्ताक्षर गरेका छन। उक्त समझदारीको प्रमुख उद्देश्य वित्तीय क्षेत्रमा हुने अपराधहरु रोक्नु र भएका अपराधहरुको अनुसन्धान गर्न अनुसन्धान अधिकारीहरुलाई सक्षम र सबल बनाउनु रहेको एनबिआईले जनाएको छ।

संयुक्त रुपमा लाभदायक रणनीतिक साझेदारी अन्र्तगत सीआइबिले छनौट गरेर पठाइएका अनुसन्धानमा संलग्न हुने कर्मचारीहरु तथा अधिकारीहरुलाई अन्र्तराष्ट्रिय चासोका विषयहरु मध्येको एक Anti Money Laundering and Combating the Financing of Terrorism (AML/CFT) विषयमा तालीम कार्यक्रमहरु उपलव्ध गराउने छ ।

यसको अतिरिक्त बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यहरु लगायत विभिन्न जोखिमयुक्त विधाहरुमा ज्ञान हासिल गर्नका साथै उक्त विषयहरुमा दक्षता प्रदान गर्न मद्दत पु¥याउने हेतुले सीआइबिको लागि अन्य तालीम कार्यक्रमहरु पनि सञ्चालन गरिनेछ । 
बैंक तथा वित्तीय संस्था एवं नियामक निकाय, नीति निर्माता तथा कानून कार्यान्वयन ईकाइहरु लगायत सम्बन्धित सम्पूर्ण सरोकारवाला पक्षहरुको दक्षता अभिवृद्धि गर्नु  एनबिआईको प्रमुख उदेश्य रहेको एनबिआईका प्रमुख कार्यकारी अधिकृत सन्जिव सुब्बाले बताए ।

उनले वित्तीय कारोवारको दायरा बृद्धिसंगै बैंक तथा वित्तीय क्षेत्रमा ठगी तथा घोटालाका घटनाहरु र अन्य वित्तीय अपराधहरु समेत बढिरहेको परिप्रेक्षमा AML/CFT विषयक तालीमले कानुन कार्यान्वयन ईकाइलाई प्रभावकारी ढंगबाट काम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

यस समझदारीले वित्तीय क्षेत्र सम्बद्ध अपराध अनुसन्धानमा सक्रिय अधिकारीहरुलाई अपराधको प्रकृति अध्ययन तथा अनुसन्धान गर्न अवश्यक ज्ञान तथा सीप उपलव्ध गराउन एउटा बाटो हुने सीबिआइ निर्देशक डि.आई.जि.पि. नवराज सिलवालले बताए । 

एनबिआई नेपाल बैंकर्श संघको प्रयासमा नेपाल राष्ट्र बैंक, नेपाल बैंकर्श संघ अन्तर्गतका सदस्य बैंकहरु तथा रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टरको लगानीमा स्थापित भएको संस्था हो । यस संस्थाले विगत ७ वर्ष देखि बैंकिङ्ग क्षेत्रसंग सम्बद्ध विभिन्न तालीम, सेमिनार तथा सम्मेलनहरुको आयोजना गर्दै आई रहेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो, नेपाल अधिराज्यको अन्तरिम संविधानको धारा ३४ (१) अन्र्तगत जटिल र गहन प्रकृतिका फौजदारी अपराधको अनुसन्धान तथा अभियोजन गरी प्रचलित नेपाल कानूनको पालना, संरक्षण र सम्बद्र्धनमा योगदान पु¥याउँदै सभ्य र समृद्ध समाजको सृजना गर्ने उद्देश्य बोकेको नेपाल प्रहरी मातहतको एउटा संस्था हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved