कलंकी, स्वयम्भू र महाराजगन्जले मेलम्चीको पानी नपाउने 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 23, 2016 | 08:16:07 PM मा प्रकाशित

laxmi  sunrise bank

मेलम्चीको पानी चक्रपथभित्रकै केही स्थानमा तत्काल वितरणका लागि नयाँ वितरण सञ्जाल नबन्ने भएको छ ।आगामी वर्ष असोजमा मेलम्चीको पानी उपत्यकामा आएपछि कलङ्की, स्वयम्भू र महाराजगन्जको पूर्वी भागमा वितरण गर्न नसकिने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । 
 
चक्रपथभित्रको केही भागमा बजेट अभाव हुँदा पहिलो चरणमा मेलम्चीको पानी वितरणका लागि पाइप बिच्छ्याएर नयाँ सञ्जाल निर्माण गर्न नसकिएको निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकालले जानकारी दिए।
 
“नयाँ सञ्जाल निर्माण गर्न नसकिए पनि यी स्थानमा पुरानो वितरण प्रणालीबाट पानी वितरण गरिन्छ, नयाँ सञ्जाल निर्माणका लागि पनि केही महिनामा ठेक्का आह्वान हुँदैछ, दुई वर्षभित्रमा नयाँ पाइपलाइन बिच्छ्याइन्छ”–उनले भने।
 
चक्रपथ बाहिर गोकर्णेश्वर, जोरपाटी, ललितपुरको कुसुन्ती, नखिपोट, भनिमण्डल, भक्तपुरको टिग्नी र कटुञ्जे क्षेत्रमा पाइप बिच्छ्याउने काम भइरहेको छ । कपन, बौद्ध र बालाजु क्षेत्रभन्दा माथिको भागमा पनि पाइप बिच्छ्याउनका लागि बोलपत्र आह्वान हुँदैछ । यी क्षेत्रमा पनि दुई वर्षमै पाइप बिच्छ्याएर पानी वितरण गरिने निर्देशनालयले जनाएको छ ।
 
विसं २०८० सम्म याङ्ग्री र लार्केको गरी दैनिक ५१ करोड लिटर पानी आउने बेलामा उपत्यकाको सबै भागमा पाइपको नयाँ वितरण सञ्जाल बिच्छ्याई पानी वितरण गर्ने योजना छ । त्यसबेलासम्म २४ घन्टा नै पानी वितरण गर्ने गरी गृहकार्य भइरहेको प्रवक्ता ढकालले बताए।

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved