पर्यटन उद्योग र व्यवसायको विकासका लागि सरकार गम्भीर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 24, 2016 | 01:28:27 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्यटन उद्योग र पर्यटन व्यवसायको विकासका लागि सरकार गम्भीर भएको बताएका छन्। शुक्रबार पर्यटन व्यवसायमा क्रियाशील संस्था टानको ३८ औ वार्षिक साधारण सभाको उद्घाटन गर्दै प्रधानमन्त्रीले पर्यटनको विकासमा सरकार गम्भीर भएको बताए। 

साधारण सभाको उद्घाटन गर्दै प्रधानमन्त्रीले भने ‘नेपाल अथाह पर्यटकीय सम्भावना बोकेको मुलूक हो । नेपालको अर्थतन्त्रमा पर्यटन व्यवसायको महत्वपूर्ण योगदान रहँदै आएको छ । हामीमा ईच्छाशक्ति भयो र इमान्दार भयौं भने मात्रै नेपालको पर्यटन व्यवसायमा निकै ठूलो प्रगति हासिल गर्न सकिन्छ ।’

नेपालको पर्यटन प्रवद्र्धनका लागि सरकारले पहल गरिरहेको जानकारी दिँदै प्रधानमन्त्रीले भने ‘यस अवधिमा मैले पाथिभरा, खप्तड, रारा लगायतका पर्यटकीय स्थलहरुको अवलोकन भ्रमण गरें । हामीमा ईच्छाशक्ति भयो भने थुप्रै सम्भावनालाई अवसरमा बदल्न सकिन्छ । भर्खरै मात्र काठमाडौं–निजगढ दु्रतमार्ग नेपालले नै बनाउने पहल गरेका छौं । केरुङ नाका सञ्चालनका लागि कुराकानी गरिएको छ । किमाथान्का र हिल्साजस्ता उत्तरी नाकाको सडक निर्माणले तिब्रता पाएको छ । अब हामीले पर्यटनको क्षेत्रमा गुणात्मक उपलब्धि हासिल गर्न सक्छौं । यसका लागि उत्साहजनक रुपमा नीजि क्षेत्रको साझेदारी आवश्यक छ ।’

कार्यक्रममा पर्यटन क्षेत्रका विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले भूकम्पपछि नेपालमा पर्यटक आगमनको क्रम घटेकोमा क्रमशः पर्यटक आगमनमा प्रगति भएको भन्दै व्यवसायिक वातावरणका लागि पहल गरिदिन सरकारसँग आग्रह गरेका थिए ।

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved