६ महिनामै कालोपत्रे उक्किएपछि दाङको हेमन्तपुर–टरिगाउँ सडक अस्तव्यस्त

रासस

रासस

Feb 19, 2020 | 04:09:23 PM मा प्रकाशित

laxmi  sunrise bank

दाङको तुलसीपुरस्थित हेमन्तपुर–टरिगाउँ सडकखण्ड कालापत्रे गरेको ६ महिना नपुग्दै उक्किएको छ । कालोपत्रे उक्किएपछि पूर्वाधार विकास कार्यालय दाङले सम्बन्धित निर्माण कम्पनीलाई सडक मर्मतका लागि पत्र पठाएको छ । 

“केही ठाउँमा कालोपत्रे उप्किएको छ, उप्किएको ठाउँमा हामीले मर्मतका लागि पत्र पठाएका छौँ”, कार्यालय प्रमुख वासुदेव भण्डारीले भने, “जाडो मौसममा कालोपत्रे गर्दा त्यो दिगो हुँदैन, पुनः उक्किहाल्छ, त्यसैले जाडो मौसम सकिएसँगै उनीहरुले काम शुरु गर्छन् ।”

प्रदेश नं ५ सरकारको करिब दुई करोड २० लाख लागतमा उक्त सडकखण्डमा कालोपत्रे गरिएको हो । कालोपत्रे उक्किएको खण्ड झरना निर्माण सेवाले कालोपत्रे गरेको हो । 

निर्माण कम्पनीले निर्माण पूरा गरेको एक बर्षभित्र बिग्रियो, भत्कियो भने पुनः सोही कम्पनीले निर्माण गरिदिनुपर्ने नियम अनुसार सोही कम्पनीलाई फेरि कालोपत्रे गरिदिन भनिएको प्रमुखको भनाई छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved