घट्यो यातायात कार्यालयमा सेवाग्राहीको भीड

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 27, 2016 | 06:02:23 PM मा प्रकाशित

laxmi  sunrise bank

एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा सवारी चालक अनुमतिपत्र शाखामा सेवाग्राहीको भीड कम भएको छ । 
 
आइतबारदेखि भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले अनलाइनबाट सवारी चालक अनुमतिपत्रको फाराम सङ्कलन गर्न थालेपछि सेवाग्राहीको भीड घटेको हो । सेवाग्राहीले आधारातदेखि लाममा बस्नुपर्ने बाध्यताबाट समेत छुट पाएका छन् ।

आइतबारदेखि सेवा सुरु भएपछि सोमबार बिहानैदेखि लाम नभएको कार्यालयका प्रमुख तेजनारायण यादवले बताए । कार्यालयले ५०० जना सेवाग्राहीलाई समय दिएर थप कामका लागि कार्यालय बोलाएर सेवा दिन थालेको छ । 

अनलाइनबाट फाराम भरेपछि सेवाग्राहीले स्वास्थ्य जाँच र राजस्व बुझाउन मात्रै कार्यालय आउनु पर्ने भएको छ । यी कामका लागि लाम भए पनि फाराम भर्न दिनभरको समय नलाग्ने कार्यालयको दाबी छ । 

सेवाग्राहीले हैरानी पाएपछि भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रमेश लेखकको निर्देशनमा अनलाइनबाट फाराम भर्ने प्रवन्ध मिलाइएको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved