मेगा बैंक र सम्सारा रेमिटबीच रेमिट्यान्स सम्झौता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 27, 2016 | 10:45:50 PM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंक र सम्सारा रेमिटबीच रेमिट्यान्स कारोबारसम्वन्धी सम्झौता भएको छ। सम्झौतामा बैंकका तर्फबाट नायब महाप्रबन्धक रविना देशराज श्रेष्ठ र सम्सारा रेमिटका तर्फबाट कार्यकारी उपाध्यक्ष जीवनबाबु श्रेष्ठले हस्ताक्षर गरे।  
 
सम्झौता अनुसार सम्सारा रेमिटमार्फत नेपालीले विदेशबाट पठाएको रेमिट्यान्स मेगा बैंकका देशभरका शाखाबाट भुक्तानी पाउनेछन्। 

 
सम्सारा रेमिटसँगको साझेदारीपछि विशेषगरि खाडी, जापान, युरोप, मलेसियाबाट रेमिट्यान्स कारोबार सहज हुने मेगा बैंकको विश्वास छ।

सम्सारा मनीग्रामको सुपर एजेन्ट भएका कारण सबै देशबाट रकम पठाउन मनीग्रामबाट आएको रकम पनि मेगा बैंकबाट भुक्तानी लिन सकिने बताइएको छ। मेगा बैंकको देशभर ४० वटा शाखा कार्यालय तथा देशभरि छरिएका १४ सय रेमटी एजेन्ट छन्। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved