प्रसारण लाइनको तार चुंडीदा राजधानीमा दुई घण्टा बिजुली बन्द 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 29, 2016 | 09:19:17 PM मा प्रकाशित

laxmi  sunrise bank

मर्स्यांदी १३२ केभी प्रसारण लाइनमा आएको खराबीका कारण राजधानी काठमाडौँ र आसपासको क्षेत्रमा अवरुद्ध भएको विद्युत् प्रसारण पुनः सुरु भएको छ ।

प्राधिकरणले कुलेखानी–स्युचाटार प्रसारण लाइनमार्फत विद्युत् उपलब्ध गराएर विद्युत् नियमित गरेको जनाएको छ । विहीबार बिहान ७ः२० बजे एकाएक मस्र्याङ्दी–स्युचाटार प्रसारण लाइनको जम्पर तार टुट्न गई राजधानीमा साढे दुई घन्टा विद्युत् अवरुद्ध हुन पुगेको थियो ।

प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले प्राविधिक टोली तार टुटेको स्थानमा पुगी मर्मत कार्य अगाडि बढाइसकेको छ । वैकल्पिक उपायका रुपमा कुलेखानीको सप्लाइ युनिटबाट विद्युत् सेवा सञ्चालन गरिएको उनले जानकारी दिए ।

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved