नेपाल सरकारलाई चीनको १५ अर्ब ७० करोड सहयोग

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 29, 2016 | 09:35:25 PM मा प्रकाशित

laxmi  sunrise bank

चीनले नेपाल सरकारलाई रु १५ अर्ब ७० करोड आर्थिक सहायता प्रदान गरेको छ । स्याफ्रुबेसी–रसुवागढी राजमार्गको स्तरोन्नति, सिभिल हस्पिटलको स्तरोन्नति र नेपाल–चीनबीच भूकम्पपछिको पुनःनिर्माणका लागि सम्झौता भएको परियोजनामा सो रकम खर्च गरिने बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ । 

परियोजनाले चीनसँगको सम्पर्क सञ्जाल बिस्तार, पर्यटन, व्यापार, लगानी, स्वास्थ्य सेवामा पहुँच तथा भूकम्प प्रभावित क्षेत्रका जनताको जीवनस्तर सुधार ल्याउने अपेक्षा राखिएको छ । 

चीनका लागि नेपालका राजदूत लीलामणि पौड्याल र चीनका वाणिज्य उपमन्त्री झाङ चिआङ्चनले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सो अवसरमा नेपालका तर्फबाट राजदूत पौड्यालले सहयोगका लागि चीन सरकारलाई धन्यवाद दिँदै नेपालको सामाजिक–आर्थिक विकासमा चीनको सहयोगको निरन्तरताको अपेक्षा रहेको भनाई राखेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved