धरहरा पुनःनिर्माणको ३३ प्रतिशत काम सकियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 10, 2020 | 04:42:56 PM मा प्रकाशित

laxmi  sunrise bank

धरहरा पुनःनिर्माण वि.सं. २०७७ असोज महिना भित्रमा सक्ने गरी तीव्र रुपमा अघि बढेको छ । हाल नौतलाको काम जारी रहदा ३३ प्रतिशत  सम्पन्न भइसकेको र ८५ करोड खर्च भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धरले जानकारी गराए।   

दुई वर्षमा सम्पन्न गर्नेगरी रमन कन्सट्रक्शनले पुनःनिर्माणको जिम्मा पाएको  थियो । जसको अनुमानित लागत  तीन अर्ब ४८ करोड रुपैयाँ रहेको जनाइएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले गतवर्ष धरहरा पुनः निर्माणको शिलान्यास गरेका थिए । दैनिक १५० कामदार  निर्माणमा खटिएका छन् । पहिलाको भन्दा नयाँ बन्ने धरहराको चौडाइ ठूलो हुनेछ ।  दुईवटा लिफ्टका साथै एउटा परम्परागत भर्याङ रहनेछ । लिफ्ट र भर्याङ दुईवटै माध्यमबाट धरहरा चढ्न सकिनेछ । ४२ रोपनी क्षेत्रफलमा निर्माण शुरु गरिएको धरहरा बाहिरबाट हेर्दा ११ तलाको हुने भएता पनि भित्र भने २२ तलाको हुनेछ । धरहराको उचाइ ७२ मिटर र ४८ फिटको बेस रहनेछ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved