तानसेन–बुटवल सडक दैनिक आठ घण्टा बन्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 14, 2020 | 01:25:15 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ राजमार्ग अन्तर्गतको तानसेन–बुटवल सडक आजदेखि दैनिक आठ घण्टा बन्द भएको छ । यो सडक खण्ड घुम्ती कटानको लागी चैत्र १२ गतेसम्म दैनिक ८ घण्टा सडक बन्द भएको हो ।

डिभिजन सडक कार्यालय पाल्पाले सूचना नै जारी गरी चैत्र १ गतेदेखि १२ गतेसम्म बिहान ७ देखि ९ बजेसम्म, दिउँसो १२ देखि ३ बजेसम्म र राति ८ बजेदेखि ११ बजेसम्म सडक बन्द गरिने बताएको छ । यो सडकखण्डमा अत्याधिक घुम्ती रहेको र दुर्घटना बढेकोले रार्जमार्ग सडक सुधार अन्तर्गत यो कार्यक्रम सञ्चालनमा आएको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved