बागमती डेभलपमेन्ट बैंकलाई गाभेको सानिमा बैंकको एकीकृत कारोबार पुष २९ मा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 02, 2017 | 08:32:31 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंकले बागमती डेभलपमेन्ट बैंकलाई प्राप्ती गरि पुष २९ देखि एकीकृत कारोबार गर्ने भएको छ। बैंकले नेपाल राष्ट्र बैंकबाट पुष १ र कम्पनी रजिष्टारबाट पुष १४ मा मर्जरका लागि अन्तिम स्वीकृति पाएको हो। 

बागमती डेभलपमेन्ट बैंकलाई प्राप्ति पछि सानिमा बैंकको नामबाट नै एकीकृत कारोबार गर्ने बैंकले जनाएको छ। बागमती डेभलपमेन्ट बैंकको १ सय कित्ता सेयर भएकाले सानिमा बैंकको ४१ कित्ता सेयर पाउने भएका छन। 

सानिमा बैंकको असोज २८ मा बसेको १२ औ बार्षिक साधारणसभाले बागमती डेभलपमेन्ट बैंकलाई प्राप्ति (गाभ्ने) निर्णय गरेको हो। बागमती विकास बैंकलाई गाभेपछि सानिमाको चुक्ता पुंजीमा ६ करोड ५५ लाख रुपैयाँ थप भई ५ अर्ब ३४ करोड रुपैयाँ पुग्ने छ।

सानिमा बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा २७ करोड ५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। यता बागमती डेभलपमेन्ट बैंकको कमाई चालु आर्थिक बर्षको पहिलो त्रैमासमा १ करोड ६० लाख नोक्सानीमा रहेको छ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved