'सिद्धि स्मृति महिला तथा बाल अस्पताल एवं बृद्धाश्रम' लाई हिमालयन बैंकको सहयोग

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 02, 2017 | 09:57:34 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन बैंक लिमिटेडले क्तपुरको “सिद्धि स्मृति प्रतिष्ठान — “सिद्धि स्मृति महिला तथा बाल अस्पताल एवं बृद्धाश्रम” लाई सहयोग प्रदान गरेको छ । 

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त अस्पताल तथा बृद्धाश्रमलाई दश हजार थान ओ. पि. डि. टिकट बुक, दुई थान ३२ इन्चको टेलिभिजन र दुइ थान कम्प्युटर सेट प्रदान गरेको हो।

बैंकका तर्फबाट बैंकका महाप्रबन्धक सुशील जोशीले उक्त सहयोग सामग्रीहरु प्रतिष्ठानका संस्थापक अध्यक्ष श्यामसुन्दर धौभडेलले एक समारोहका बीच हस्तान्तरण गरे।  

उक्त अस्पताल भक्तपुर क्षेत्रकै प्रतिष्ठित अस्पताल हो । अस्पतालले विशेषत बाल स्वास्थ्य, प्रसूति तथा स्त्रीरोग सम्बन्धि सेवा प्रदान गर्दै आएको छ । विभिन्न स्वदेशी तथा विदेशी दाताहरुको सहयोगमा संचालित यस प्रतिष्ठानले अस्पालका साथै बृद्धाश्रम समेत संचालन गरिरहेको छ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved