माछापुच्छ्रे बैंकद्वारा विद्यालयलार्इ डेस्क र बेन्च हस्तान्तरण

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 02, 2017 | 10:45:59 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंक लिमिटेडले मार्गेश्वरी प्राथामिक बिद्यालयमा फरक क्षमता भएका बालबालिकाहरुका लागि लत्ताकपडा तथा स्टेसनरी सामाग्रीहरु वितरण गरेको छ । 

बैंकको धनकुटा शाखा कार्यालयले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरीब तथा विपन्न वर्गका विद्यार्थीहरुलाई यो सामाग्रीहरु प्रदान गरेको हो ।

त्यस्तै बैंककै पोखरा शाखाले पोखराको सरस्वती आधारभूत बिद्यालयलाई डेस्क तथा बेन्च हस्तान्तरण गरेको छ। बैकले हरेक महिना एक सामाजिक उत्तरदायित्व भन्ने नारा लिएर देशभरका विभिन्न शाखामार्फत सामाजिक काम गर्दै आएको छ।

बैंकले आर्थिक बर्ष २०७२-७३ मा संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा आर्थिक सहायता प्रदान गर्दा  कम्पनी ऐन २०६३ को दफा १०५ उप दफा १ को खण्ड १ निर्धारण गरेको सिमा नाघेको हुँदा आगामी बार्षिक साधारण सभाबाट बढी भएको खर्च अनुमोदन गर्दै छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved