सुनचाँदीको मूल्य बढ्ने क्रम जारी , हेर्नुस बिहिबार कतिमा हुदैछ कारोबार ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 05, 2017 | 10:04:52 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको पाँचौ दिन बिहिबार सुनचाँदीको मूल्य बढेको छ। बुधबार प्रति तोला ५३ हजार २ सयमा कारोबार भएको छापावाल सुन आज तोलामा २ सयले बढेर ५३ हजार ५ सयमा कारोबार भईरहेको छ। त्यस्तै तेजावी सुन प्रति तोला ५३ हजार २ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ। 

चांदी तोलामा ५ रुपैयाले बढेर प्रति तोला ७ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ।

नेपाल सुनचाँदी ब्यबसायी महासंघले बिहिबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४५ हजार ८ सय ७० रुपैयाँ तोकेको छ भने १० ग्राम तेजाबी सुनको मूल्य ४५ हजार ६ सय ५५ रुपैयाँ तोकेको छ। चांदी प्रति १० ग्राम ६ सय ६९ रुपैयाँमा कारोबार भईरहेको छ। 
 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved