लकडाउनमा काठमाडौँका २८ किमि सडक मार्किङ

रासस

रासस

Apr 16, 2020 | 03:11:00 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौंका सडकहरुलाई चिटिक्क बनाउने काम भइरहेको छ । सडक व्यवस्थापनको अभिन्‍न अंग मानिने सडक चिह्‍न ९मार्किङ० लगाउने काम भइरहेको छ ।

अहिलेसम्म जिल्लाभित्र कालोपत्र थपिएको ९ओभर ले० झन्डै २८ किलोमिटर सडकमा चिह्‍न लगाएको डिभिजन सडक कार्यालय काठमाडौंले जनाएको छ । ‘लकडाउन’ का कारण सबै विकास निर्माण ठप्प हुँदा काठमाडौंका मुख्य र सहायक सडकमा चिह्‍न लगाइएको हो । ती सबै स्थानमा सामाजिक दूरी कायम गरेर काम भएको डिभिजन सडक कार्यालय काठमाडौंका प्रमुख कुबेर नेपालीले बताए ।

धेरै जनशक्ति र उपकरण नचाहिने हुँदा यो समयमा समेत काम गरिएको उनले बताए । उपत्यकामा बालुवाटार, रामशाह पथ, सुन्धारालगायत धेरै स्थानका सडकमा चिह्‍न लगाइएको छ । उनले भने, “सामान्य अवस्थामा सवारीसाधनको चाप बढी हुने भए पनि अहिले सडक खाली हुँदा काम गर्न पनि सजिलो भयो ।” सडकका दुवै लेनमा ‘ओभर ले’ भएका सडकमा मात्रै सडक चिह्‍न लगाइएको हो । 

काठमाडौं उपत्यकामा धेरै स्थानमा ‘ओभर ले’ को काम ‘लकडाउन’ का कारण ठप्प छन् । तीनकुने–गौशाला लगायत एकातिर काम सकिएर अर्को लेनतर्फ गर्न बाँकी रहेकाले त्यस्ता सडकमा भने चिह्‍न लगाइएको छैन । उनले भने, “अर्को लेनमा कालोपत्र गर्दा रङ जाने हुनाले अहिले नगरिएको हो ।”

‘लकडाउन’ का समयमा सडक चिह्‍न लगाउने कामका कारण उपत्यकाका सडक चिटिक्क देखिएका छन् । एकातर्फ सवारीसधानको चाप कम र अर्कातिर भर्खर कालोपत्र भएका सडकमा पोतिएका सडक चिह्‍नले उपत्यकाको मुहारै फेरिएको छ । ‘लकडाउन’ मा काम गर्दा कतै अवरोध आउँछ कि भन्‍ने अन्योल भए पनि अहिले यो कामले धेरैको प्रशंसा पाइरहेको छ । सडक चिह्‍नका कारण यात्रु र चालकसँगै ट्राफिक प्रहरीलाई समेत सडक व्यवस्थापन गर्न सजिलो हुने गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved