प्रिन्टर सहितका डिजिटल मिटर जडान कछुवा गतिमा, कहिले रोकिएला ट्याक्सीको मनपरी ? 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 07, 2017 | 08:27:28 PM मा प्रकाशित

laxmi  sunrise bank

'गाउँका छोडुवा राँगा र काठमान्डौका ट्याक्सी उस्तै रहेछन' पहिलो पटक काठमान्डौको आएका गुल्मीका बलिराम पाण्डेको अनुभब हो यो। 

लामोदुरीका बसबाट ओर्लिएपछि ट्याक्सी व्यसायीले दिने हैरानी र ट्याक्सी चढेपछि हुने खल्तीको दोहनका आधारमा पाण्डेले आफ्नो अनुभब सुनाएका थिए। उनको अनुभब छ-'गाउँमा पहिला पहिला ब्याठाका रुपमा राँगाहरु खुल्ला छोडिन्थे। तिनीहरु जसको बालिमा पसुन वा भकारोमा पसुन मनपरी थियो। काठमान्डौका ट्याक्सीलाई पनि त्यस्तै मनपरी रहेछ'

नयाँ बसपार्कबाट नयाँ बानेश्वर पुग्न १ हजार रुपैयाँ तिरेका उनले भने 'गुल्मीबाट ३ सय ३० किलोमिटरको यात्रा ९ सय ५० रुपैयाँमा गरे। बसपार्क देखि बानेश्वर १० किलोमिटर दुरीलाई हजार तिरे।' 


भर्खर काठमान्डौ आएका मात्र होइन, काठमान्डौ मै बसोबास गर्दै आएका समेत  ट्याक्सीबाट ठगिरहेका छन। मिटरमा नहिड्ने, हिडेपनि छुस लगाएर ट्याक्सीका मिटर बिगार्ने काममा ट्याक्सी व्यवसायी लागेपछि अहिले सरकार ट्याक्सी नियमनमा लागेको छ। यसैको पछिल्लो उदाहरण हो ट्याक्सी डिजिटलाइज्ड गर्ने काम। ट्याक्सीमा प्रिन्टर सहितको डिजिटल मिटर राखेर यात्रुलाई ठगिनबाट जोगिन सरकारले नयाँ नियम सुरु गरेको छ। 

सरकारले ल्याएको नयाँ नियमको कार्यन्वयन कछुवा गतिमा हुँदा नयाँ नियमनै आएपनि यात्रु भने ठगिरहेका छन। हाल काठमान्डौमा ९ हजार ६ सय ३२ ट्याक्सी रहेका छन। तर नापतौल तथा गुणस्तर बिभागले हालसम्म ३ सय ट्याक्सीमा मात्रै प्रिन्टर सहितको डिजिटल मिटर राख्न सफल भएको छ। 

ट्याक्सी व्यवसायीको असहयोग र बिभागको ढिला सुस्तीले ९ महिनामा जम्मा ३ सय ट्याक्सीमा मात्रै प्रिन्टर सहितका डिजिटल मिटर जडान सम्भब भएको छ। यहि गतिमा काम अगाडी बढ्ने हो भने हाल रहेका ट्याक्सीमा आधुनिक मिटर जडान गर्न झन्डै एक दशक लाग्ने देखिन्छ। 

उपत्यकामा रहेका पुग नपुग १० हजार ट्याक्सी र भूकम्प पिडितका लागि थप्ने प्रक्रियामा रहेका ५ सय ट्याक्सी र उपत्यका बाहिरका करीब २ हजार ट्याक्सीमा प्रिन्टर सहितको मिटर जडान गर्ने सरकारको लक्ष्य रहेको छ। तर काम भने जिउंको तिउँ रहेको छ। सरकारले अहिलेकै गतिमा प्रिन्टर सहितको डिजिटल मिटर जडान गर्ने हो भने ट्याक्सीका यात्रुका लागि नठगीकन ट्याक्सी चढ्ने सपना, सपनामै सिमित नहोला भन्न सकिन्न।

 

 


 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved