किन रोकियो काठमाडौंका सडक मर्मतको काम ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 24, 2020 | 02:54:37 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँका सडक मर्मतको काम रोकिएको छ । लकडाउनका कारण निमार्ण सामग्री ढुवानीमा समस्या हुँदा तीब्र गतिमा भईरहेको सडक मर्मत र स्तरोन्नतिको काममा बाधा पुगेको हो । चिप्स, गिट्टी, बालुवा लगायत निर्माण सामग्री राजधानी बाहिरबाट ल्याउनुपर्ने भएकाले लकडाउनका कारण ढुवानीका साधनहरु चल्न सकेका छैनन् ।

कहाँ रोकिए सामान ?

काभ्रेको दोलालघाट र रोसी गाउँपालीकाको खानीमा लोड गरेर राखिएका निर्माण सामग्री काठमाडौं ल्याउन नपाएपछि बैशाख ९ गतेदेखि नै काम रोकिएको सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख कुबेर नेपालीले जानकारी दिए ।‘चावहिल–गौशाला खण्डको सडक मर्मत गर्न आवश्यक पर्ने सामान सकियो’ नेपालीले भने, ‘नयाँ सामान उत्पादन त भएको छैन, तर स्टक सामान पनि ल्याउन नसक्दा ३ दिनदेखि काम रोकिएको छ ।’ 

सामान रहेका गाउँपालीकाले सहजिकरण गरिदिन आग्रह गर्दै सम्बन्धित वडालाई पत्र नै लेखेपनि निर्माण सामग्री ढुवानी गर्ने साधनका चालकहरुले विश्वास नगर्दा सामान ल्याउन नसकिएको प्रमुख नेपालीको भनाई छ । ‘गाउँपालिकाले बाटो पर्ने सबै वडालाई पत्र नै लेखेको छ, प्रहरीले पनि त्यस्ता गाडीलाई रोकेको छ छैन’ उनले भने, ‘तर चालकहरु निर्धक्क हुन नसक्दा सामान ल्याउन सकिएन ।’ 

कहिले आइपुग्छ रोकिएका सामान ?

सडक डिभिजन र सडक विभागले प्रहरीसँग थप सहजिकरणको अपेक्षा गरेको उनको भनाई छ । चालकहरुले निर्माण सामग्री बोकेका गाडी प्रहरीले रोक्दैन भन्ने विश्वास गर्नासाथ सामान काठमाडौँ आउने र तत्काल काम सुरु हुने विभागको भनाई छ । 

अन्य खण्डको काम लगभग सकिएपनि चाबहिल–गौशाला खण्डको भने सुरु हुन सकेको छैन । सडक डिभिजनले वर्षा अगावै काठमाडौँका सडक स्तरोन्नति गरी सक्ने योजना अनुसार काम भईरहेकोले निर्माण सामग्री ल्याउन भएको कठिनाई फुकुवा भए योजना सफल हुने बताएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved