भिबोर सोसाइटी डेभलपमेन्ट बैंकको लालबन्दी शाखा कार्यालय स्थानान्तरण

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 09, 2017 | 07:19:37 AM मा प्रकाशित

laxmi  sunrise bank

भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लिमिटेडले लालबन्दिमा शाखा स्थानान्तरण गरेको छ। बैंकले भूकम्पका कारण क्षति भएको पुरानो क्षेत्रबाट सोहि वडाको करिब ५०० मिटर पश्चिमतर्फ शाखा स्थानान्तरण गरेको जनाएको छ।

बैंकका अध्यक्ष सुशिलराज पराजुलीले उक्त शाखा स्थानान्तरण कार्यक्रमको उद्घाटन गरेका छन् । यस अवसरमा बैंकका अध्यक्षले  लालबन्दीबासीसँग यस बैंकको शुरुवात देखि नै गहिरो पारस्परिक सम्वन्ध रहेको स्मरण गराएका छन् । 

बैंकले आफ्ना शाखा कार्यालयहरुबाट विभिन्न प्रकारका निक्षेप तथा कर्जा सुविधाका साथै एटिएम, एविविएस, मोबाइल बैंकिङ् लगायतका बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आफ्नो सेवालाई आधुनिकीकरण र परिमार्जन गर्दै लगेको छ । 

बैंकले हाल ४२ शाखा सञ्जालहरु र १ एक्सटेन्सन काउण्टरबाट आफ्नो बैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । हाल बैंकको चूक्ता पूँजी १ अर्ब ८१ करोेड ५० करोड रुपैयाँ रहेको छ ।  

   

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved