तरलता अभाबका लागि राष्ट्र बैंकको रिपो 'पेट दुखेको मान्छेलाई जरोको औषधी'-बैंकर मनोज ज्ञवाली

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 09, 2017 | 08:55:53 PM मा प्रकाशित

laxmi  sunrise bank

बजारमा तरलता अभाब भएको भन्दै राष्ट्र बैंकले दुई पटक गरि ३० अर्बको रिपो बिक्रि खुला राख्दा मात्र ५ अर्ब ३० करोडको आबेदन परेको छ। एका तर्फ बैंक तथा वित्तीय संस्थाले बजारमा तरलता अभाब भयो भन्दै चर्को ब्याजदरमा निक्षेप संकलन गर्दै छन् भने अर्को तर्फ राष्ट्र बैंकले बैंकहरुमा तरलता अभाब नभएको तर्क गरेको छ। 

सतहबाट हेर्दा राष्ट्र बैंकले रिपो बिक्रि खुला गर्दा बैंकहरु इच्छुक नहुनुले बैंकको तरलता अभाब 'स्यालभाका' मात्रै हो कि भन्ने आशंका जन्मिएको छ। 'तरलता अभाब भएको भए रिपोका लागि बैंकहरु इच्छुक देखिन्थे' राष्ट्र बैंक स्रोत भन्छ। 

यता बैंक तथा वित्तीय संस्थाका उच्च अधिकारिहरु भने राष्ट्र बैंकले अल्पकालीन रुपमा बिक्रि खुला गरेको रिपो समस्याको समाधान नभएको बताउछन। यसैक्रममा ज्योति विकास बैंकका डिपुटी सीईओ मनोज ज्ञवाली राष्ट्र बैंकले जारि गरेको रिपोलाई 'पेट दुखेको मान्छेलाई जरोको औषधी' संज्ञा दिएका छन।

डिपुटी सीईओ ज्ञवालीले तरलता अभाब भन्नाले अहिले बैकहरुले Deposit फिर्ता गर्न नसकेको या CRR default हुन लागेको नभई बैकहरुलाई CCD को समस्या रहेको बताएका छन। 

यसको समाधान रिपोबाट लिइएको रकम नहुने भएकाले बैंक तथा वित्तीय संस्थाहरु राष्ट्र बैंकले जारि गरेको रिपोमा इच्छुक नदेखिएको डिपुटी सीईओ ज्ञवालीको आशय रहेको छ। 

बजारमा देखिएको तरलता अभाबको समाधानका लागि डिपुटी सीईओ ज्ञवालीले ४ उपाय अघि सारेका छन। 

  • सरकारी खर्च बढ्नु पर्ने 
  • रेमिट्यान्स फ्लो बढ्नु पर्ने 
  • निक्षेप बढ्ने अन्य उपाय अवलम्बन गर्नु पर्ने 
  • या सिडी रेसियो ८५ प्रतिशत पुर्याउनु पर्ने 

बैंक तथा वित्तीय संस्थामा क्रेडिट वृद्धि र निक्षेप वृद्धिबीचको ग्याप (अनुपात) बढेर तरलता अभाब देखिएको डिपुटी सीईओ ज्ञवालीको तर्क छ। यस्तै अवस्था रहे पुष मसान्तपछी यो समस्या झनै बल्झिने डिपुटी सीईओ ज्ञवालीले पूर्वानुमान गरेका छन्। उनि भन्छन -'मस्या credit growth र Deposit growth को Gap बढेर भएको हो। जुन पौष मसान्त पछि झन गार्हो हुदै जादैछ। Advance Tax Deposit गर अनी कर जति राष्ट्र बैकमा थुप्रिन्छ।'     

यो पनि : बजारमा तरलता अभाब 'बैंकको स्यालभाका मात्रै'

नोट: बैंकर मनोज ज्ञवालीको फेसबुकवालमा ब्यक्त धारणाबाट साभार 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved