फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सले ६ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने, यी स्थानबाट आबेदन दिन सकिने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 10, 2017 | 10:30:29 PM मा प्रकाशित

laxmi  sunrise bank

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको साधारण सेयर माघ ९ देखि बिक्रि खुला गरिने भएको छ। कम्पनीले प्रति कित्ता १ सय रुपैयाँका दरले ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता साधार सेयर निष्काशन गर्न लागेको हो। 

कम्पनीको साधारण सेयरका लागि लगानीकर्ताले माघ ९ देखि आबेदन दिन सक्ने माइक्रोफाइनान्सको सेयर निष्काशन तथा बिक्रि प्रबन्धक नबिल  इन्भेष्ट बैंकिङले जनाएको छ। कम्पनीको साधारण सेयरका लागि छिटोमा माघ १२ र ढिलोमा माघ २३ सम्म आबेदन दिन सकिने छ। 

फरवार्ड कम्युनिटीको साधारण सेयर भर्नका लागि इच्छुक लगानीकर्ताले कम्तिमा ५ हजार रुपैयाँ बराबरको ५० कित्ताका लागि र बढीमा ३ लाख बराबरको ३ हजार कित्ताका लागि आबेदन दिन सक्ने छन।

इच्छुक लगानीकर्ताले कम्पनीको सेयर निष्काशन तथा बिक्रि प्रबन्धक नबिल  इन्भेष्ट बैंकिङ, फरवार्ड कम्युनिटीका सम्पूर्ण शाखा कार्यालय तथा एभरेष्ट बैंकका राजधानी भित्रका न्युरोड, नयाँबानेश्वर, पुल्चोक, ललितपुर, भक्तपुर र राजधानी बाहिरका पोखरा, बिरगंज, जनकपुर, हेटौडा, नारायणगढ, चितवन, बुटवल शाखा कार्यलयबाट आबेदन फारम प्राप्त गरि बुझाउन सक्ने छन। 

सर्वसाधारणका लागि निष्काशन गर्न लागिएको ६ लाख कित्ता सेयर मध्य कर्माचारीका लागि ३० हजार कित्ता र १० सामुहिक लगानी कोषका लागि ३० हजार कित्ता छुट्याइएको छ।

सामुहिक लागनी कोषहरुमा नबिल ब्यालेन्स फन्ड-१, एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड-१, एनआइबिएल समृद्धि फण्ड-१, लक्ष्मी भ्यालु फन्ड-१, सिद्दार्थ इक्विटि ओरियन्टेड स्किम, सिद्दार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-१, ग्लोबल आइएमई समृद्धि फन्ड-१, नबिल इक्विटी फन्ड, एनएमबि हाइब्रिड फन्ड एल-१, र एनआइबिएल प्रगति फन्ड रहेका छन।

दुहबी सुनसरीमा केन्द्रीय कार्यलाय रहेको फरवार्ड कम्युनिटीको आइपीओ वितरणपछि चुक्ता पुंजी २० करोड रुपैयाँ पुग्ने छ भने संस्थामा सेयर स्वामित्व अनुपात संस्थापक ७० तथा साधारण ३० कायम हुने छ। कम्पनी चालु अर्थिक वर्षको पहिलो त्रैमासमा ६ करोड १५ लाख २९ हजार रुपैंया खुद मुनाफा आर्जन गरेको छ।   

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved