काठमाडौँका ७० किलोमिटर सडकको रुप फेरिँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 05, 2020 | 02:55:32 PM मा प्रकाशित

laxmi  sunrise bank

निर्माण सामग्रीको अभावमा केही दिनदेखि रोकिएको काठमाडौँका सडक मर्मतको काम पुनः सुरु भएको छ । लकडाउनका कारण निर्माण सामग्रीको ढुवानीमा समस्या हुँदा रोकिएको सडक स्तरोन्नतिको काम फेरि सुरु भएको हो । 

काठमाडौँ उपत्यका सडक विस्तार आयोजना अन्तर्गत काठमाडौँ, भक्तपूर र ललितपूरका गरी आठवटा सडक मर्मतको काम सुरु भएको हो । आयोजनाका अनुसार काठमाडौँमा तीनवटा, ललितपुरमा चारवटा र भक्तपुरमा एउटा सडकको विस्तार तथा निर्माण प्रक्रिया अगाडि बढाइएको छ । 

काठमाडौँमा १२ किलोमिटरको जोरपाटी–साँखु सडक, ७ किलोमिटरको जोरपाटी–सुन्दरीजल सडक र (१२.५ किलोमिटरको त्रिपुरेश्वर–कलङ्की–नागढुङ्गा सडकको निर्माणकार्य अगाडि बढाइएको छ ।

काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाका प्रमुख गुरुप्रसाद अधिकारीका अनुसार ललितपुरमा ५ किलोमिटरको नख्खु–भैँसेपाटी–बुँगमती सडक, १३ किलोमिटरको सातदोबाटो–चापागाउँ–लेले सडक, ८.४ किलोमिटरको लखनखेल–सातदोबाटो–गोदाबरी सडक र ७.२ किलोमिटरको ग्वार्को–लुभू–लामाटार सडकको निर्माण कार्य अघि बढाईएको छ ।

भक्तपुरमा ४.५ किलोमिटर लम्बाईको सल्लाघारी –पेप्सीकोला–खस्याङखुसुङ सडकको पनि निर्माण सुरु गरिएको छ । अहिले मर्मत सुरु भएका कुल ६९.७ किलोमिटर लम्बाइका सडक बर्षा अगावै निर्माण सक्ने आयोजनाको लक्ष्य छ ।

मर्मत सुरु भएका सडकमारुख काट्ने, पर्खाल लगाउने र बिजुलीको खम्बा सार्ने काम भईरहेको छ । मर्मत सुरु भएकै कतिपय सडकखण्ड भने कालोपत्रे समेत गर्ने योजना रहेको आयोजनाले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved