पोल्ट्री व्यवसायमा निश्चित समयका लागि आयकर छुट-प्रधानमन्त्री प्रचण्ड

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 14, 2017 | 04:38:41 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोल्टी व्यवसायलाई प्रोत्साहन गर्न केही समयका लागि आयकर छुट दिने घोषणा गरेका छन। प्रचण्डले पोल्टी व्यवसायीहरुले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा यस्तो बताएका हुन। 

प्रचण्डले व्यवसायको आधुनिकीकरणबाट मात्रै आत्मनिर्भर अर्थतन्त्रको आधार निर्माण हुनसक्ने बताएका छन।‘हामीकहाँ परम्परागत सोंच छ, ब्युरोक्र्याटिक हडलहरु छन्, कानूनी जटिलता र अन्तरविरोधहरु पनि छन् । तिनलाई चिरेर मात्रै आत्मनिर्भर अर्थतन्त्रको जग बसाल्न सकिन्छ । व्यवसायको आधुनिकीकरण र बजारीकरणले मात्रै आत्मनिर्भर अर्थतन्त्रको निर्माण हुन सक्दछ । यसका लागि तपाई पोल्टी व्यवसायीहरुले गर्नुभएको प्रयास सकारात्मक छ ।’ प्रचण्डले भने। 

कार्यक्रममा उर्जा सङ्कट निवारणमा सरकार र प्रधानमन्त्रीले सार्थक पहल गरेको भन्दै व्यवसायीहरुले प्रधानमन्त्रीलाई धन्यवाद दिए। 


 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved