कैलाश विकास बैंकको बोनस सेयर पारित, २० प्रतिशत हकप्रद आउने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 14, 2017 | 06:06:53 AM मा प्रकाशित

laxmi  sunrise bank

गत आर्थिक बर्षको कमाईबाट २५ प्रतिशत बोनस सेयर प्रस्ताब पारित गर्दै कैलाश विकास बैंकको २३ औ बार्षिक साधारणसभा सम्पन्न भएको छ। शुक्रबार बसेको बैंकको बार्षिक साधारणसभाले ६ सदस्यीय संचालक समिति निर्विरोध निर्वाचित गरेको छ ।

६ सदस्यीय संचालक समितिमा संस्थापक समूहबाट राजेन्द्र गिरी, सुनिल नारायण श्रेष्ठ र नारायण पौडेल तथा सर्वसाधारण समूहबाट चिन्तामणी पाण्डे, उद्धब राज पुरी र कबिराज पौडेल निर्विरोध निर्वाचित भएका छन। त्यस्तै आजै बसेको संचालक समितिको बैठकले राजेन्द्र गिरी लाई संचालक समितिको अध्यक्षमा सर्बसम्मत रुपमा चयन गरेको छ ।

२५ प्रतिशत बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुंजी १ अर्ब ९७ करोड ५४ लाख रुपैयाँ पुग्नेछ । हाल बैंकको चुक्ता पुंजी १ अर्ब ५८ करोड ३ लाख रुपैयाँ रहेको छ।  २० प्रतिशत हकप्रद वितरणपछि बैंकको चुक्ता पुंजी २ अर्ब २९ करोड १५ लाख पुग्ने छ। २० प्रतिशत हकप्रद निष्काशनका लागि बैंकले धितोपत्र बोर्डबाट स्वीकृति पाईसकेको छ।      

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved