माघको पहिलो दिन बढ्यो सुनचाँदीको भाउ, यस्तो छ कारोबार मूल्य

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 15, 2017 | 10:02:23 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार प्रति तोला ५४  हजार ६ सयमा कारोबार भएको छापावाल सुन आज तोलामा १ सयले बढेर प्रति तोला ५४ हजार ७ सयमा कारोबार भईरहेको छ। 

त्यस्तै तेजावी सुन प्रति तोला ५४ हजार ४  सय ५० रुपैयाँमा कारोबार भईरहेको छ।  चांदी तोलामा ५ रुपियाँले बढेर प्रति तोला ७ सय ९५ रुपैयाँमा कारोबार भईरहेको छ।   

नेपाल सुनचाँदी ब्यबसायी महासंघले आइतबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४६ हजार ८ सय ९५  रुपैयाँ तोकेको छ भने १० ग्राम तेजाबी सुनको मूल्य ४६  हजार ६  सय ८० रुपैयाँ तोकेको छ। चांदी प्रति १० ग्राम ६ सय ८१  रुपैयाँ ५० पैसामा कारोबार भईरहेको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved