सिटिजन्स बैंकले जारी गर्यो इएमभीमा आधारित चिप कार्ड

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 16, 2017 | 07:36:47 AM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन बैंक इन्टरनेश्नल लिमिटेडले इएमभी चिपमा आधारित भिसा डेविट तथा क्रेडिट कार्डहरु जारी गरेको छ। माघ महिना देखि संचालनमा ल्याइएको इएमभी चिपमा आधारित कार्ड पुराना ग्राहकहरुको कार्ड नविकरण गर्दा अनिवार्य रुपमा वितरण गर्ने बैंकले जनाएको छ ।

म्याद ननाघेको म्यागनेटिक स्ट्रिप कार्ड परिवर्तन गर्न चाहने ग्राहकको हकमा भने न्यूनतम शुल्क लिई परिवर्तन गरि दिने व्यवस्था गर्ने बैंकले जनाएको छ।

बैंकले नेपाल र भारतमा प्रयोग गर्न सकिने डोमेस्टिक डेबिट र क्रेडिट कार्डका साथै बिश्वव्यापि रुपमा प्रयोग गर्न सकिने इन्टरनेशनल डलर डेविट एवं क्रेडिट कार्ड संचालन गरिरहेको छ।

चिपमा आधारित कार्डको प्रयोगवाट हुने कारोवार सुरक्षित एवं भरपर्दो हुने हुँदा डाटा चोरी एवं अनधिकृत कारोवार हुने सम्भावना न्यून रहने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । 

बैंकले हाल ५८ वटा शाखा र ९७ वटा शाखारहित आधुनिक बैंकिङ्ग सेवाबाट करिब ५ लाख ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गरिरहेको छ । हाल बैंकको उपत्यका भित्र २७ र उपत्यका बाहिर २६ वटा गरी कुल ५३ वटा ए.टि.एमहरु सञ्चालनमा छन। 

  

   

 
 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved