साढे २ अर्बको कुरा नमिल्दा स्वास्थ्य मन्त्री र स्वास्थ्य बिमा निर्देशकबिच चर्काचर्की

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 16, 2017 | 10:57:50 PM मा प्रकाशित

laxmi  sunrise bank

स्वास्थ्य बिमालाई प्रभाबकारी तवरले संचालन गर्न भनि छुट्याइएको बजेट खर्च गर्ने सवालमा स्वास्थ्य मन्त्री गगन थापा र स्वास्थ्य बिमा कर्यक्रमका कार्यकारी निर्देशक ड़ा गुणराज लोहनीबीच चर्चा चर्की सुरु भएको छ। 

तत्कालिन केपी ओली सरकारका अर्थमन्त्री बिष्णु पौडेलले स्वास्थ्य बिमालाई जनस्तरसम्म पुर्याउन जनचेतनाका लागि २ अर्ब ५० करोड रपैयाँ बजेट बिनियोजन गरेका थिए। स्वास्थ्य बिमा कार्यक्रमको स्प्रिट अनुसार उक्त बजेट बिमाको प्रभाबकारी कार्यान्वयनका लागि छुट्याइएको हो। तर स्वास्थ्यमन्त्रि थापा भने उक्त बजेटलाई कार्यकर्ता पोस्ने अस्त्रको रुपमा प्रयोग गर्न लालायित भएको स्वस्थ बिमा कार्यक्रमको उच्च स्रोतले जनाएको छ। ड़ा लोहनी उक्त कार्यक्रमको प्रमुख रहेसम्म बजेट दुरुपयोग गर्न नसकिने निष्कर्षमा पुगेका मन्त्री थापा कार्यक्रम प्रमुख नै बदल्ने सोचमा रहेको बुझिएको छ। 

आफुले सिफारिस गरेका कार्यकर्तालाई स्वास्थ्य बिमा कार्यक्रममा नियुक्ति दिन अस्विकार गरेका प्रमुख लोहनीलाई हटाउनै पर्ने मिसनमा मन्त्री थापा रहेका छन। उनले कार्यक्रम प्रमुख डा लोहनीलाई आफ्ना कार्यकर्ता भर्ति गर्न र छुट्याइएको बजेट गोष्टि र सेमिनारमा खर्च गर्न दबाब दिएको बताइएको छ। तर ड़ा लोहनीले मन्त्रीको उक्त प्रस्ताब अस्विकार गरेका छन। 

यस अघि पनि मन्त्री थापाको दबाबमा ड़ा लोहनीलाई स्वास्थ्य बिमा कार्यक्रमबाट सरुवा गरेर भरतपुर अस्पताल पुर्याइएको थियो। स्वास्थ्य बिमा कार्यक्रमको सुरु देखि नै नेतृत्वमा रहेर संचालन गरेका लोहनी बिना उक्त कार्यक्रम नै नचल्ने बुझेपछि ड़ा लोहनीलाई पुन: उक्त कार्यक्रमको नेतृत्त्वमा ल्याइएको थियो। 

फेरी पछिल्लो समयमा मन्त्री थापाले ड़ा लोहनीले आफुले भनेको नमानेको भन्दै स्वास्थ्य सचिब ड़ा सनेंद्र उप्रेती मार्फत दबाब दिन थालिएको बुझिएको छ। कैलालीबाट स्वास्थ्य बिमा सुरु भए देखिने यस कार्यक्रमको नेतृत्व गरेका लोहनी यस अघि खोटाङ, बर्दिया, गुल्मी र गोरखा जिल्ला अस्पतालमा प्रमुख रहेर काम गरि सकेका वरिष्ट चिकित्सक भएको स्वास्थ्य बिमा बिभागका एक उच्च अधिकारीले बिजपाटीलाई बताए। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved