सोमबार देखि दुई थरी छापावाला सुन बजारमा, यस्तो छ कारोबार मूल्य 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 17, 2017 | 12:43:26 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको दोस्रो दिन सुनचांदीको मूल्य बढेको छ। आइतबार प्रति तोला ५४ हजार ७ सयमा कारोबार भएको छापावाल सुन आज तोलामा ३ सयले बढेर ५५ हजार रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै चांदी प्रति तोला ७ सय ९५ रुपैयाँमा कारोबार भईरहेको छ।

आजै सोमबार देखि बजारमा छापावाल सुन दुई थरि भाऊमा कारोबार भएको छ। सोमबारदेखि गुणस्तरका आधारमा छापावाल सुनको भाऊ दुई थरी कायम गरिएको नेपाल सुन चाँदी व्यवसायी राष्ट्रिय महासंघका निर्वतमान अध्यक्ष मणिरत्न शाक्यले बिजपाटीलाई जानकारी दिएका छन। 

अहिलेसम्म ९९ दशमलव ५० प्रतिशत शुद्धताको सुनको कारोबार हुने गरेकोमा आज देखि एनआईसी एसिया बैंकले ९९ दशमलव ९९ प्रतिशतको सुन बिक्रीका लागि खुला गरेकाले बजार भाऊ दुई थरी कायम गरिएको संघका निर्वतमान अध्यक्ष शाक्यले बताए। 

उनका अनुसार ९९ दशमलव ५० प्रतिशत भन्दा ९९ दशमलव ९९ प्रतिशतको सुनमा आधा प्रतिशतको गुणस्तर फरक हुने गर्दछ। सोमबार देखि कारोबारमा आएको ९९ दशमलव ९९ प्रतिशतको सुनको मूल्य प्रति तोला ५५ हजार २ रुपैयाँ तोकिएको शाक्यले बताए। 

आजदेखि बैंकहरुले व्यवसायीहरुलाई ९९ दशमलव ९९ प्रतिशतको सुन उपलब्ध गराएको भएपनि ग्राहकहरुले राम्रोसंग नबुझ्ने बेलासम्म कारोबार गर्न केहि दिन अन्यौल हुने सुन व्यवसायीहरुले बताएको शाक्यले बताएका छन।'ग्राहकहरुले नबुझ्दा सम्म कारोबार प्रभावित हुन सक्न्ने अनुमान गरेका छौ' उनले भने।

नेपाल सुनचाँदी ब्यबसायी महासंघले सोमबारको कारोबारमा नियमित कारोबार भईरहेको ९९ दशमलव ५० प्रतिशत गुणस्तर सुन प्रति १० ग्रामको  मूल्य ४७ हजार १ सय ५१ रुपैयाँ तोकेको छ भने आज देखि कारोबारमा ल्याइएको ९९ दशमलव ९९ प्रतिशत गुणस्तरको सुन १० ग्रामको ४७ हजार ३ सय २५ रुपैयाँ तोकेको छ। चांदी प्रति १० ग्राम ६ सय ८१  रुपैयाँ ५० पैसामा कारोबार भईरहेको छ। 

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved