समावेशी विकास सूचकांकमा ब्राजिल र मेक्सिको भन्दा नेपाल अगाडी, सार्कको शिर्ष स्थानमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 17, 2017 | 09:18:21 PM मा प्रकाशित

laxmi  sunrise bank

समावेशी विकासको मामलामा नेपालको अवस्थामा सार्क राष्ट्र  मै उत्कृष्ट भएको पाईएको छ । वल्ड ईकोनोमिक फोरक अर्थात् बिश्व आर्थिक मंचले सार्बजनिक गरेको ताजा प्रतिबेदनमा नेपालले सार्कमा शिर्ष स्थान हासिल गरेको हो । प्रतिबेदनमा बिश्वका अधिकतम देशहरुमा आर्थिक असमानता बढेको तथ्यांक सार्बजनिक गरिएको छ ।

यस समावेशी  विकास सूचकांकमा पछिल्लो ५ बर्षमा धेरै सुधार गर्ने देशहरुको सुचीमा नेपाल दोस्रो स्थानमा छ । पहिलो स्थानमा दक्षिण अफ्रीकाको लेसोथो छ । 

प्रतिवेदनमा अधिकांश देश आर्थिक असमानता घटाउने महत्वपूर्ण अवसरबाट चुकेको बताईएको छ  । यसको मुख्य कारण देशहरुले बर्षौ अघि बनाएका नीतिमा फेर बदल नगर्नु रहेको पनि प्रतिवेदनमा उल्लेख छ ।

यस सूचकांकमा विकासशील मुलुकहरुको सुचीमा लिथुआनिया ४.७३ अंक सहित शिर्ष स्थानमा छ भने दोस्रोमा अजरबईजान र तेस्रोमा हंगेरी छ । नेपाल भने विकासशील मुलुक हरुको सुचीमा ४.२४ अंक सहित २७ औ स्थानमा छ । सार्क मुलुकहरु मध्ये नेपाल पछि बंगलादेश ३६ औ स्थानमा, पाकिस्तान ५२ औ स्थानमा छ भने श्रीलंका ३९ औ र भारत ६० औ स्थानमा छ । छिमेकि मुलुक चीन भने १५ औ स्थानमा छ  । 

नेपाल ब्राजिल (३० औ स्थान), मेक्सिको (२९ औ स्थान), फिलिपिन्स (४० औ स्थान) भन्दा पनि अगाडी छ  । प्राप्त अंकको हिसाबमा नेपाल इटाली र पोर्चुगल भन्दा अगाडी छ भने नेपाल र स्पेनको समान अंक छ। 


 
यस सूचकांकमा नर्वेलाई शिर्ष स्थानमा राखिएको छ भने लक्जमबर्ग दोस्रो र स्वीटजरलैंड तेस्रो स्थानमा छ । आइसलैंड चौथो र डेनमार्क ५ औ स्थानमा छन् । त्यस्तै नेदरल्याण्ड ७ औ र अस्ट्रेलिया ८ औ स्थानमा छन् । न्युजिल्यान्ड र अस्ट्रिया क्रमश ९ औ र १० औ स्थानमा पर्न सफल  भएका छन् ।

समावेशी विकासमा कुल ग्राहस्थ उत्पादनमा वृद्धिको साथ साथै जनसंख्याको सबै बर्गको लागि आवास, भोजन, पेयजल, शिक्षा, कौशल, विकास, स्वास्थ्य लगायतका आधारभूत सुविधा पुरा गर्नु पर्ने हुन्छ । यसो गर्दा वातावरण संरक्षणमा ध्यान दिनु पर्ने हुन्छ ।

अर्थात् कुल ग्राहस्थ उत्पादन र प्रति व्यक्ति आयमा वृद्धि हुनु पर्ने तथा आय एवं धनको वितरणमा हुने असमानतामा कमि आउने विकास हुनु पर्छ  ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved