नेपाल राष्ट्र बैंकले लगानीयोग्य ४० अर्ब रुपैयाँ बजारमा पठाउने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 18, 2017 | 01:24:21 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ बजारमा प्रवाह गर्ने भएको छ। दिर्घकालसम्म लगानी गर्न मिल्ने गरि बैंकले बैंक तथा वित्तीय संस्था मार्फत ४० अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराउन लागेको हो। 

बजारमा रहेको तरलता अभाब व्यवस्थापन गर्न यस अघि दुई पटक गरि ३० अर्बको रिपो जारि गरेको बैंकमा बैंक तथा वित्तीय संस्थाले इच्छा नदेखाएपछी राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ बराबरको नेपाल राष्ट्र बैंक ऋणपत्र खरिद गरि तरलता उपलब्ध गराउन लागेको हो।

राष्ट्र बैंकले गत जेठ देखि असार ३० सम्म ६ पटक गरि करिब ५५ अर्ब ९६ करोड रुपैयाँ बराबरको ऋणपत्र जारि गरेको थियो। बजारमा तरलता कायम गर्नका लागि उनीहरुले किनेको ऋणपत्र राष्ट्र बैंकले वित्तीय संस्था मार्फत ४० अर्ब रुपैयाँ बजारमा पठाउन लागेको हो। 

बैंकले जारि गरेको रिपो लगानी गर्न नमिल्ने र मात्र दुई साताको अल्पकालीन ऋण भएकाले बैंक तथा वित्तीय संस्थाले यसमा चाँसो दिएका थिएनन। बैंक तथा वित्तीय संस्थाको स्वामित्वमा रहेको ४९ अर्ब ८ करोड रुपैयाँमध्ये ४० अर्ब रुपैयाँको ऋणपत्र बहुब्याजदरमा खरिद गरि बोलकबोल मार्फत ब्याजदर निर्धारण गरि बजारमा तरलता उपलब्ध गराउन लागेको हो। 

उक्त ४० अर्ब रुपैयाँ लगानीयोग्य ऋण हुने भएकाले बैंक तथा वित्तीय संस्थाको सहभागिता उल्लेख्य हुने बिश्वाश गरिएको छ। आज अपरान्ह २ बजे बोलकबोल हुने ऋणपत्रको ब्याजदर बोलकबोलबाटै निर्धारण गरिने नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण प्रसाद पौडेलले बताए। बैंकहरुले आपसमा गर्ने सात दिनको सापटी (अन्तर बैंक कारोबार) को ब्याजदरमा आधार प्रतिस्पर्धा गर्नु पर्ने उनले बताए।

रिपोले बजारमा देखिएको तरलता अभाबलाई सम्बोधन गर्न नसक्ने आवाज आएपछि राष्ट्र बैंकले लगानीयोग्य दिर्घकालसम्म लगानी गर्न मिल्ने गरी तरलता प्रवाह गर्न लागेको हो। केहि बैंकरहरुले सिडी रेसियो (निक्षेप र कर्जा परिचालनको अन्तर) ८५ प्रतिशतसम पुर्याउनु पर्ने बताईरहेको बेला राष्ट्र बैंकको यो कदमले राहत मिल्ने अपेक्षा गरिएको छ। विभिन्न बैंक तथा वित्तीय संस्थाले तरलता व्यवस्थापन गर्नका लागि १२ प्रतिशत ब्याजददरमा निक्षेप उठाउदै आएका थिए। यो ब्याजदर घट्ने अपेक्षा गरिएको छ। 

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved