चावहिल–चुच्चेपाटी सडक यसपाली पनि बनेन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 08, 2020 | 03:50:37 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले लकडाउनको अवधिमा काठमाडौँका विभिन्न खण्डको सडक मर्मतको काम सकेको छ । चैत्र ११ गतेदेखि लकडाउन भएपछि सार्वजनिक सवारीका साधन नचल्दा यस पटक सडक विभागले दिउँसै सडक मर्मतको काम गर्न पायो । लकडाउन अघि सार्वजनिक सवारी चल्दा सडक मर्मतको काम प्रभावित हुने गरेकोमा यसपटक भने विभागले त्यो झन्झट ब्यहोर्नु परेन ।

विभागले लकडाउन अवधिमा ७५ किलोमिटर सडक कालोपत्रे सकेको छ । ४० किलोमिटर सडकखण्डको ग्राभेलिङको काम सकिएको, ४१ लेन किलोमिटर सडक कालोपत्रे गरि सकिएको विभागका उपमहानिर्देशक समेत रहेका प्रवक्ता शिवहरि सापकोटाले जानकारी दिए ।

विभागले ५ किलोमिटर नयाँ सडक पनि पीच गरेको छ । २० किलोमिटर सडकमा ट्राफिक चिन्हको मार्किङ सकिएको छ ।

चाबहिल–चुच्चेपाटी सडक बनेन

हरेक वर्ष मर्मतको कुरा हुने तर एउटा खाल्डो पनि नपुरिने चाबहिल–चुच्चेपाटी सडक खण्डको अवस्था यसवर्ष पनि फेरिएन । विगत वर्षमा स्थानीयको अवरोधका कारण मर्मत तथा चौडाको काम हुन नसकेको भन्ने गरिएपनि यसवर्ष भने विभागले गतिलो बाहाना फेला पारेको छ, विद्युतको तार भूमीगत । 

नेपाल विद्युत प्राधिकरणले अहिले बिजुलीका तारहरु भूमीगत बनाउने काम गरिरहेको छ । यसैलाई देखाएर सडक विभागले यसवर्ष पनि सो सडकखण्ड मर्मतको काम गर्न सकेन । त्यति मात्रै नभई विगतमा निर्माण सामग्रीको अभाव, दिउँसो सवारी साधन चल्दा काम गर्न असजिलो भएको लगायत कारण देखाएर निर्माण रोकिने गरेकोमा यसवर्ष पनि १२ सय मिटरको उक्त खण्डको अवस्था विगतकै रुपमा कायम छ ।

‘प्राधिकरणले बिजुलीका तार अन्डरग्राउण्ड गर्ने काम केही बाँकी छ’ विभागका प्रवक्ता सापकोटाले भने, ‘प्राधिकरणले काम सक्यो भने उक्त १२ सय मिटर लम्बाईको सडकखण्ड १५/२० दिनमा सक्छौँ भन्ने छ ।’ 

विभागले ‘रोड मार्किङ’ र केही पुलहरु निर्माणको काम पनि गर्दैछ । विभागका अनुसार लकडाउनपछि २१ वटा पुलको निर्माण सकिएको छ भने २४८ पुलको काम जारी छ । 

चावहिल देखि साँखु सम्मको २४ किलोमिटर सडकको काम भने यसवर्ष पनि अधुरै रह्यो । नापीको नक्सा र स्थानीयको अवरोधका कारण उक्त सडक खण्डको काम सोचे अनुरुप अघि बढाउन नसकिएको विभागको भनाई छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved