आज पनि ४० अर्ब बजारमा पठाउन  ऋणपत्र खरिद गर्दै राष्ट्र बैंक, २ बजेसम्म आवेदन खुला 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 18, 2017 | 10:43:50 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले आज पनि ४० अर्ब बजारमा पठाउन राष्ट्र बैंक ऋणपत्र खरिद  गर्दै छ। हिजो ९ ओटा वित्तीय संस्था मध्ये एउटा मात्र बैंकले पैसा लागेपछि राष्ट्र बैंक आज पुन: ऋणपत्र खरिद  गर्न लागेको हो । सूचना थाहा धेरै बैंक सहभागी नभएको हुन्न सक्ने बताउदै आज पनि ऋणपत्रओ लागि आवेदन लिने भएको हो ।

ऋणपत्र फिर्ता गरेर फिर्ता लिन पाउँदा समेत हिजो ९ वटा वित्तीय संस्थाले मात्रै आबेदन दिएका थिए। २७ वटा बैंक तथा वित्तीय संस्थाको ऋणपत्रमा ९ वटा वित्तीय संस्थाले आबेदन दिएकोमा स्ट्याण्डर्ड चार्टड बैंकले मात्रै पैसा लग्यो । 

पैसा फिर्ता लिन आबेदन दिएका ९ वटा बैंकहरु मध्ये ८ वटा बैंकहरुले चलन चल्तीको अन्तर बैंक ब्याज दर भन्दा कम दरमा आबेदन दिएकाले उनीहरुले पैसा पाएनन् । ९ अर्ब ५६ करोडका लागि बैंकहरुले अन्तर बैंक ब्याज दर ३.७४ प्रतिशतभन्दा तल गएर आबेदन दिएका थिए । राष्ट्र बैंकले अन्तर बैंक ब्याजदरभन्दा बढीमा आवेदन गर्नेलाई मात्र उक्त तरलता प्रदान गर्ने छ । 

आबेदन दिएका ९ बैंकहरु मध्ये १ अर्ब ५३ करोड रुपैयाँ लागेको स्ट्यान्डर्ड चार्टड बैंकले ४ वटा आवेदनमार्फत ३.७४ देखि ३.८९ प्रतिशतसम्म ब्याज तोकेर आवेदन दिएको थियो। उसले चलन चल्तीको अन्तर बैंक ब्याज दर हाराहारीमा आबेदन दिएकाले रकम पाएको हो। 

तरलता अभाब भएको भन्दै बैंक तथा बित्तिय संस्थाहरुले करिब १३ प्रतिशत ब्याजदरमा निक्षेप उठाईरहेका बेला राष्ट्र बैंकले ६ महिनासम्म प्रयोग गर्न पाइने गरि लगानी योग्य रकम बजारमा पठाउन खोज्दा समेत वित्तीय संस्थाहरु इच्छुक नहुनुले तरलता अभाब हल्ला' मात्रै साबित भएको छ। 

गत साता मात्रै राष्ट्र बैंकले ३० अर्बको रिपो जारि गरेको थियो। रिपो तरलता समस्याको समाधान नभएको भन्दै बैंकहरुले अस्विकार जस्तै गरेका थिए। बैंकहरुको माग अनुसार नै ऋणपत्र फिर्ता गरेर बजारमा पैसा पठाउन खोज्दा समेत बैंकहरु किन इच्छुक नदेखिनुले बैंकहरु तत्काल ठुला लगानी गर्न तयार छैनन् कि भन्ने देखिएको अनुमान आशंका उब्जिएको छ।  

यद्यपि आज कति बैंकले आवेदन दिन्छन् , त्यो भने हेर्न बाँकी छ । राष्ट्र बैंकले आज पनि २ बजेभित्र आवेदन दिन सुचना जारी गरेको छ । बोलकवलबाट निर्धारण हुने उक्त ऋणपत्र आजै बाँडफाँड हुने राष्ट्र बैंकले जानकारी दिएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved