स्याङ्गजामा सुन्तला जोन, पहिलो चरणमा जिल्लाका ५ स्थानमा काम

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 19, 2017 | 08:23:55 PM मा प्रकाशित

laxmi  sunrise bank

स्याङ्गजामा सुन्तला जोन संचालन हुने भएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत स्याङ्गजामा सुन्तला जोन संचालनमा ल्याउन लागिएको हो।

५ सय हेक्टरभन्दा बढी जग्गामा खेती भए जोन र १ हजार हेक्टरभन्दा बढीमा भए सुपरजोन परियोजना लागू गरिन्छ। यद्दपी स्याङ्गजामा १ हजार २ सय ७० हेक्टरमा सुन्तला खेति गरिने भएपनि जोन परियोजना अन्तर्गत नै संचालनमा ल्याइने भएको छ ।

यस परियोजनाले जिल्लाका पुतलीबजार, भीरकोट नगरपालिका र एलादी, ठूलाडिही र अर्जुनचौपारी गाविस गरी ५ स्थानमा काम गर्ने भएको छ । परियोजनाले उत्पादन, उपादकत्व वृद्धि, कृषिमा यान्त्रिकीकरण, पूर्वाधार विकास र निर्यात योग्यवस्तु उत्पादनमा जोड दिने परियोजना स्याङ्जा एकाइका प्रमुख विनोद हमालले जानकारी दिएका छन। मनकामना, रापाकोट, पेलाकोटलगायत सुन्तला उत्पादन हुने अन्य भागलाई समेत यस योजनामा समावेश गरिदै लगिने उनले बताए। 

चालु आर्थिक बर्षमा यस परियोजनाका लागि २५ लाख बिनियोजन गरिएको छ। जस अन्तर्गत प्रतिफलमा आधारित प्रोत्साहनका लागि १५ लाख, कृषि उपकरण खरिदमा २५ लाख र साना सिँचाइमा १० लाख बिनियोजन गरिएको छ। 

स्याङ्जामा ३ हजारभन्दा बढी कृषक सुन्तला व्यवसायमा संलग्न छन्। स्याङ्गजाका कृषकले यस वर्ष मात्रै ११ हजार ५ सय २० टन सुन्तला बिक्रीबाट ३५ करोड रुपैयाँभन्दा बढी किसानले आम्दानी गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved