किबी फलको बिरुवाले बजार नपाउँदा कृषक मारमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 20, 2017 | 09:28:35 AM मा प्रकाशित

laxmi  sunrise bank

किबी फलको बिरुवाले बजार नपाउँदा कृषक मारमा परेका छन्। किबी फलको बिरुवा रोप्ने समय भए पनि बोच गाविस–५ का विदुर बस्नेतले उत्पादन गरेर रोप्न तयार पारेको आठ हजार बिरुवाले बजार पाउन सकेको छैन। “बिरुवा बिक्री नहुँदा आठ लाख बराबरको नोक्सानी भएको छ,” उनले भने। 

जिल्लामा किसानले अलैँची र किबी फललाई व्यावसायिक रुपमा अगाडी बढाए पनि उत्पादित बिरुवाले बजार पाउन सकेको छैन। किबी फलको प्रति बिरुवाको मूल्य ४०० भए पनि हाल १०० मा पनि बिक्री हुन नसक्दा बिरुवा उत्पादन गर्ने कृषक मारमा परेका छन्। 
 
किबी फलको स्रोत केन्द्रको रुपमा सरकारले स्थापना गरेको बागवानी केन्द्र बोचका प्राविधिक गुणराज पौडेल कृषकले माग गरेको जातको बिरुवा दिन नसक्दा बिक्री गर्न समस्या भएको बताउँछन।
 
जिल्लाका छ वटा नर्सरीमा करिब २१ हजार बिरुवा उत्पादन भएकामा ती सबै हेवार्ड जातका भएका कारण बिक्री गर्न समस्या भएको पौडेलको भनाइ छ।
 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved