त्रिपालमुनि खेल खेलाएको राखेपले यसै साता १ अर्ब भन्दा बढीका संरचना निर्माण थाल्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 20, 2017 | 10:43:37 PM मा प्रकाशित

laxmi  sunrise bank

सातौ राष्ट्रिय खेलखुदमा आलोचना खेपेको राष्ट्रिय खेलकुद परिषदले पछिल्लो समय आधारभुत संरचना निर्माणमा लाग्ने भएको छ। पुर्वान्चलमा सम्पन्न सातौ राष्ट्रिय खेलकुदमा संरचना अभाबले त्रिपाल भित्र खेल खेलाएको परिषदले यसै साता १ अर्ब भन्दा बढीका संरचना निर्माण थाल्ने जनाएको छ। 

परिषदले काठमान्डौ केन्द्रित भएर १ अर्ब ४ करोड रुपैयाँको टेन्डर गर्न थालेको छ। यसै साता यी टेन्डरबाट काठमान्डौमा खेलकुद अस्पताल, हिटिङ सिस्टमको पौडी पोखरी लगायत निर्माण हुने परिषदले जनाएको छ। 

सातौ राष्ट्रिय खेलकुदमा परिसद नेतृत्त्व र खेलकुद मन्त्रालयबीच समन्वयको अभाब देखिएको थियो। यस्तो बेमेल संरचना निर्माण प्रक्रियामा पनि दोहोरिन सक्ने जानकारहरु बताउछन। परिषदका अनुसार सातदोबाटोमा ३० करोड लागतमा हिटीङ सिस्टम सहितको पौडी पोखरी बनाउने प्रक्रिया अगाडी बढेको छ। 

यस बाहेक समयमै कार्य सम्पादन गर्ने गर बहु उपयोगी कभर्ड हल समेत बनाउन लागेको परिषदका सदस्य सचिब केशब बिष्टले जनाएका छन। पांच हजार क्षमताको बहुउदेश्यिय कभर्ड हल किर्तिपुरमा बनाउन लागिएको छ-बिष्टले बताए। उनका अनुसार उक्त कभर्ड हलको लागत ५० करोड भन्दा माथि हुने छ। 

यसै गरि खेलाडीको तन्दुरुस्ती र स्वास्थ्यका लागि १० करोड लागतमा खेलकुद हस्पिटल पनि यसै साता निर्माण सुरु गरिने सदस्य सचिब बिष्टले जनाए। उनका अनुसार च्यासल मैदानको स्तरोन्नतिको काम पनि यसै साताबाट सुरु हुन्छ। उक्त मैदान स्तरोन्नतिका लागि १४ करोड लाग्ने उनले बताए। 

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved